बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता | Khabarhub Khabarhub

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन् २००० को दशकमा संसारभर नै सिकागो बुल्सको लोगो भिर्न युवा आतुर थिए। व्यावसायिक बास्केटबल क्लब सिकागो बुल्सलाई २ दशकसम्म युवाको ढुकढुकी बनाउन सफल एउटा नाम माइकल जोर्डन हो। बुल्सलाई उचाई दिन सफल एउटा नाम माइकल जोर्डन अहिले धेरै जनाको ढुकढुकी हुन्। विश्व खेलकुदमा एनविए बास्केटबलको प्रभाव बुझ्नेका लागि जोर्डन एउटा मिथक भएको नकार्न मिल्दैन।

बुल्सका ती खेलाडीको यो प्रभाव अन्तिम पटक भने फरक थियो। उनी अन्तिम सिजन एनबिए भने आफूले स्थापित गराएको कालो, रातो र सेतो रङ्गको बुल्सको जर्सीमा निलो रङको वासिङ्टन विजार्डको जर्सीमा थिए। १६ अप्रिल २००३ का दिन संसार भरिका लाखौँ युवाका ढुकढुकी तीनै जोर्डन फिलाडेल्फिया विरुद्धको खेलमा मैदानमा उत्रँदै आफ्नो खेल जीवनको अन्त्य गरे।

कभर्ड हलमा उपस्थित २१ हजार भन्दा बढी दर्शकले उठेर तीन मिनेटसम्म उनको अभिनन्दन गर्दै ती महान् खेलाडीको जीवनप्रति सम्मान व्यक्त गरे। सो खेलमा जोर्डनको टोली १०७–८७ ले पराजित भएको थियो।


जोर्डनले सिकागो बुल्सका लागि सन् १९८४ देखि २००३ सम्म कुल १५ सिजन खेले। सो समयमा उनले ६ पटक एनबिए उपाधि त्यस टोलीलाई दिलाएका थिए। विश्वव्यापी आइकन बन्नु अघि उनले सन् १९८० र ९० को दशकमा बास्केटबललाई विश्वव्यापी रूपमा लोकप्रिय बनाएका थिए।

सन् १९९१ देखि लगातार तीन सिजन सिकागोले जोर्डनको उपस्थितिमा एनबिए उपाधि जितेको थियो। सो उपाधि यात्राको क्रममा बुल्सले भोगेका अनेकन् समस्या तथा चुनौतीले उनलाई अझ झस्काइ रहने छ। तीन पटकको सफलतापछि जोर्डनले अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेका थिए। उनको सोही घोषणा पनि हस्टनले २ पटक उपाधि जितेको थियो। सो २ पटकको उपाधि नै हाकिम ओलाजुआनको प्रेरणादायी प्रदर्शनमा हस्टनले जितेको हो।

‘यदि तपाईं पर्खालमा दगुर्नु भयो भने अवरोधले तपाईँलाई रोक्न सक्दैन। यदि तपाईँ पर्खालमा दगुर्नुभयो भने, वरिपरि नफर्कनुहोस् र हार नमान्नुहोस्। यसलाई कसरी चढ्ने, यसलाई पार गर्ने वा यसको वरिपरि काम गर्ने तरिका पत्ता लगाउनुहोस्’, जोर्डनको सबै भन्दा मनपर्ने भनाइ पछिल्लो पुस्ताका युवा माझ प्रेरणाको विषय बनेको छ।

जोर्डनले भनेका छन्, ‘मैले जीवनमा नौ हजार सट मिस गरे। तीन सय खेल हारे। २६ पटक त गेम जिताउने सट हान्छु भन्ठानेको त्यसमा पनि चुकेँ। म जीवनमा एक होइन बारम्बार असफल भएको छु।’

जोर्डनले भन्ने गरेका थिए, ‘मैले जीवनमा नौ हजार सट मिस गरे। तीन सय खेल हारे। २६ पटक त गेम जिताउने सट हान्छु भन्ठानेको त्यसमा पनि चुकेँ। म जीवनमा एक होइन बारम्बार असफल भएको छु।’

जोर्डनले असफलताबाट हरेस नखाएर लगातार मेहनत गर्न प्रेरणा दिइरहे। उनका केही प्रेरणादायी भनाइ छन्। ‘जब हामी मैदानमा उत्रन्छौ। त्यस समयमा हामीले विगतमा कत्ति पटक के गरेका थियौं भन्ने होइन त्यस समयमा गर्नुपर्ने कुरामा ध्यान केन्द्रित गर्न उनले जोड दिएका छन्।’

यस कारण उनले बारम्बार अभ्यास गर्न सबैलाई प्रेरित गर्न चाहन्छन्। सही प्रदर्शनका लागि अभ्यासमा निरन्तरता नै प्रमुख भएको उनको मत छ।
माइकल जोर्डन एक सामान्य परिवारमा जन्मिएका हुन्। उनकी आमा बैङ्कको टेलरमा काम गर्थिन्। उनका बाबु इलेक्ट्रिक काम गर्थे। त्यहीँ सामान्य परिवारमा सङ्घर्ष गरेर नै जोर्डनले आफूलाई स्थापित गराएका हुन्।

सन् १९८२ सम्म टिनएजर रहेका जोर्डन आफू रहने गरेको नर्थ क्यारोलीना विश्वविद्यालयमा समेत स्टार खेलाडीको रूपमा गनिँदैन थिए। उनी पैसा खर्च गर्ने समयमा हरेक समय आमाको इशारामा चल्ने गर्थे।

डकुमेन्ट्री ‘द लास्ट डान्स’मा उल्लेख भए अनुसार जोर्डनको एउटा कुरामा ध्यान केन्द्रित हुने गरेको थियो। आजको भन्दा भोलि कसरी राम्रो हुने र कसरी आफ्ना कमजोरी हटाएर त्यसमा सुधार गर्ने भन्ने बारेमा मात्र सोच्ने गर्थे। लास्ट डान्स डकुमेन्ट्रीको पहिलो प्रयास सन् १९९७/९८ को ब्रेकको समयमा भएको थियो। उनका साथीले जोर्डनले कलेज बास्केटबल सुरु गरेको समय देखिको भिडियो राखेका थिए।

जोर्डनको कलेजको सुरुवातका दिन राम्रो थिएन। बास्केटबलले नै उनलाई बिलिनियर बनाउने कुरामा धेरै कमको विश्वास थियो। उनका प्रशिक्षक डियन स्मिथका अनुसार जोर्डन सुरुका दिन राम्रो खेलाडी थिएनन्। टिनएजमा गरेको अथाह मेहनतले नै उनलाई सुपर स्टार बनाएको हो।

जोर्डनको कलेजको सुरुवातका दिन राम्रो थिएन। बास्केटबलले नै उनलाई बिलिनियर बनाउने कुरामा धेरै कमको विश्वास थियो। उनका प्रशिक्षक डियन स्मिथका अनुसार जोर्डन सुरुका दिन राम्रो खेलाडी थिएनन्। टिनएजमा गरेको अथाह मेहनतले नै उनलाई सुपर स्टार बनाएको हो।

उनी आबद्ध कलेज युएनसीले जोर्डनको आगमन अघि नै एक पटक एनसिएए तथा दर्जनौँ कन्फरेन्स कप जितिसकेको सो कलेजका सहायक प्रशिक्षक रे विलिम्सनसँग भनेका थिए, ‘म यस कलेजको सर्व कालीन उत्कृष्ट खेलाडी हुनेछु,’ विलिम्सनले त्यस समयलाई अहिले पनि सम्झने गरेका छन्।

कालान्तरमा विलिम्सन पनि अमेरिकाको नाम चलेका प्रशिक्षक भए। उनले हाई स्कुल रहँदा भन्दा कलेज तहमा धेरै नै मेहनत गरेको कुराको साक्षी नै विलिम्सन हुन्। उनी हाई स्कुलमा रहँदा स्कुलको नियमित टोलीमा समेत अटाउँदैन थिए।

जोर्डनले गरेको हरेक बाचालाई विलिम्सनले लगातार मेहनतसहित साथ दिने गरेका थिए। विलिम्सनलाई बारम्बार जोर्डनको प्रतिज्ञाका याद आइरहने गरेको थियो। जोर्डनले प्रतिज्ञा गरेको तीन वर्षसम्म विलिम्सनले ती टिनएजरले हरेक दिन प्रगति गरेको आफ्नै आँखाले हेरिरहे। युएनसीकै उनका साथी जेम्स वर्थीका अनुसार अन्य साथी घर जाने तयारी गरिरहँदा जोर्डन भने कोर्ट छाड्ने चाहँदैन थिए। वर्थीकै अनुसार साढे दुई घण्टाको कठोर अभ्यासले थाकी रहेको समयमा पनि जोर्डन केही समय नेटमा थप अभ्यास गर्न प्रेरित गरिरहन्थे।

सन् १९८२ मा वर्थीले कलेजलाई एनसिए च्याम्पियन बनाइसकेका थिए। उनी त्यो वर्ष एनबिए ड्राफ्टमा परी सकेका थिए।

हरेक दिन केही नयाँ कुरा सिक्न चाहने तथा त्यसलाई उपयोग गर्न चाहने अचम्मको बानी जोर्डनको थियो। सोही कलेजका अर्का खेलाडी डाहर्टीका अनुसार हरेक समय अन्यका कुरा सुन्ने र कोर्टमा उत्रेपछि त्यसलाई प्रयोग गर्न खोज्नु जोर्डनको अचम्मको कला थियो। वर्थी सुरुका केही दिन जोर्डन भन्दा राम्रा खेलाडी थिए। तर, जुनियर तहमा रहँदा उनी कलेजको स्टार भइसकेका थिए। केही वर्षपछि त उनी अमेरिकाको नाम चलेका स्टार भइसकेका थिए।

हरेक दिन केही नयाँ कुरा सिक्न चाहने तथा त्यसलाई उपयोग गर्न चाहने अचम्मको बानी जोर्डनको थियो। सोही कलेजका अर्का खेलाडी डाहर्टीका अनुसार हरेक समय अन्यका कुरा सुन्ने र कोर्टमा उत्रेपछि त्यसलाई प्रयोग गर्न खोज्नु जोर्डनको अचम्मको कला थियो।

सन् १९८४ को एनबिए ड्राफ्टमा जोर्डन अटाएपछि अझ धेरै मेहनतको आवश्यकता महसुस गरेका थिए। एउटा सामान्य खेलाडीबाट स्टार भएका जोर्डनले ६ पटक एनबिए जिते। पाँच पटक मस्ट भ्यालुएबल खेलाडी तथा ६ पटक फाइनलका उत्कृष्ट खेलाडी भए।

अमेरिकाको प्रतिनिधित्व गर्दै सन् १९८४ को तथा १९९२ को ओलम्पिकमा स्वर्ण पदक जिते। सन् १९९३ मा बास्केटबलबाट पहिलो पटक संन्यास लिएका उनले बेसबल पनि खेलेका थिए। बेसबलमा उनी सफलताको पाइलामा अघि बढेका थिए।

सन् १९९५ मा फेरि बास्केटबलमा फर्केका उनले १९९९ मा दोस्रो पटक संन्यास लिएका थिए। सन् २००१ मा संन्यास फिर्ता लिएका उनले १६ अप्रिल २००३ मा अन्तिम सट प्रहार गरेका थिए। दुई दशक नाघे पनि उनको मेहनत परिश्रम र स्टारडम सम्मको यात्रा खेलकुदमा भविष्य बनाउन चाहने सबैका लागि प्रेरणाको विषय हुनसक्ने छ। स्रोत : एसआइडटकप, सिएनबिसी

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : १४ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त