संघीय संसदका ७ समितिको बैठक बस्दै | Khabarhub Khabarhub

संघीय संसदका ७ समितिको बैठक बस्दै


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै छन् ।

आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्दै छ । बैठकमा नेपाल सरकार (मन्त्रीस्तर)बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरूको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्ष)का बारेमा छलफल हुनेछ ।

यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडिबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानुनी जटिलता एवं डढेलो तथा हात्ती आतंक नियन्त्रण सम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री तथा सचिव वा सम्बन्धित विभागका विभागीय प्रमुखहरू, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।

यसैगरी बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल हुनेछ ।

बिहान साढे ११ बजे संसदीय सुनुवाई समितिको बैठक बस्ने छ । बैठकमा प्रस्तावित महालेखा परीक्षकको संसदीय सुनुवाई हुनेछ।

यसैगरी, मध्यान्ह साढे १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१–०८२ का सम्बन्धमा पूर्वबजेटमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : ४१ बजे

लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे

चितवन– पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, हलेसी आउने तीर्थालु अलपत्र

खोटाङ– लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड

लमजुङमा अटो दुर्घटना, सात जना घाइते

सुन्दरबजार– लमजुङको सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुवाहक अटो दुर्घटना हुँदा

पोखरास्थित सिद्ध महायोग साधना केन्द्रमा चतुर्मास व्रत अनुष्ठान, दैनिक सत्सङ्ग र साधना हुँदै

काठमाडौं- हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र पोखराले गुरुपूर्णिमादेखि चतुर्मास

पुराना मुद्दा टुङ्ग्याउँदै सिरहा जिल्ला अदालत

सिरहा– सिरहा जिल्ला अदालतले आर्थिक वर्ष २०८१-८२ मा कार्यसम्पादनमा उल्लेखनीय