‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको ‘निर्मोही’ सार्वजनिक « Khabarhub

‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको ‘निर्मोही’ सार्वजनिक


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको गीत ‘निर्मोही’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनयमा उनलाई पुजन घिमिरे ‘पकु’ले साथ दिएकी छन् ।

हास्य कलाकारको रूपमा छवि बनाएका बल्छीले स्वर दिएकाले गीत धेरैले मन पराएका छन् । उनी संगीतको विद्यार्थीसमेत हुन् । गायनको रुचि पूरा गर्ने उनले बर्सेनि एक-दुई वटा गीत निकाल्ने गरेका छन् ।

बल्छी भन्छन्, ‘बाल्यकालदेखि नै गायनका रुचि थियो । काठमाडौं आएर संगीत पनि सिकेको थिएँ । त्यही रुचि पूरा गर्ने उद्देश्य वर्षमा केही गीत निकाल्ने गरेको छु ।‘

बल्छीको स्वर दिएको यो पाँचौँ गीत हो । यस भिडियोको छायांकन अस्ट्रेलिया र काठमाडौंमा भएको बताइएको छ । गीतमा बल्छी फुटपाथ चिया व्यापारिको भूमिकामा देखिएका छन् । भिडियोमा वसन्तपुर दरबार क्षेत्र र अस्ट्रेलियाको मनोरम दृश्यमा कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

भिडियोमा रमेश श्रेष्ठ, राजु कार्की तथा बाल कलाकार आरोन श्रेष्ठ समृद्धि श्रेष्ठको अभिनय रहेको छ । दीपेन्द्र तिमलसिनाले रहेको यस म्युजिक भिडियोको सम्पादक प्रवीण भट्ट हुन्  ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : ५२ बजे

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन