भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु « Khabarhub

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

जगदलपुर – सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो । यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकुलाई गुमाउनुपरेको छ ।

बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले एएफपीलाई बताएअनुसार राज्यको छत्तिसगढको राजधानी रायपुरको दक्षिणमा पर्ने काँकर जिल्लामा १८ जनाको मृत्यु भएको हो ।

उक्त झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका उनले बताए। छत्तीसगढमा सबैभन्दा बढी माओवादी मारिएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएको तर आकारमा खुम्चिएको विद्रोही बहुल ’रेड करिडोर’ मा भारतले माओवादी विद्रोहीहरूसँग लड्न दशौं हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

भारतमा नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबका लागि लडिरहेको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा सङ्गठन गर्दै छापामार युद्ध गर्दै आएका छन् ।नयाँ दिल्लीले दुर्गम क्षेत्रमा पूर्वाधार विकासमा करोडौं डलर लगानी गरेको छ र सन् २०२३ मा विद्रोहलाई ४५ जिल्लामा सीमित गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : १८ बजे

काठमाडौंले गुमायो पहिलो विकेट, साहिल पटेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा

काठमाडौंको उत्कृष्ट प्रदर्शन, वार्नरको अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा

दीपावलीले सद्भाव र एकताको भावना बलियो बनाउँछ : मुख्यमन्त्री भट्ट

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दीपावली पर्वले नेपाली समाजमा

एनपिएल : काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत

गगन थापाको उपस्थितिमा लगनबाट सुरु भयो सुकुन्दा र्‍याली

काठमाडौँ- शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा नेपाली