आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार सन् २०२४ मे १६ तारिख। वैशाख शुल्क पक्षको अष्टमी तिथि उपरान्त नवमी। सीता जयन्ती तथा गोरखकाली पूजा । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : खर्च बढ्नेछ। बोलीको प्रभावले अवसर सिर्जना हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार र शिक्षा क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : गुरुको सहयोगले सफलता मिल्नेछ। लगानी गरेको भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ।

कर्कट : आम्दानीको स्रोत बढ्नेछ। प्रतिस्पर्धी शान्त रहनेछन्। लगानी गर्न आँट गरेमा सफलता प्राप्त होला। परिवारको सहयोग भए व्यापारमा फाइदा हुन्छ। शिक्षामा सफलता मिल्नेछ।

सिंह : दैनिकी राम्रो छ। प्रतिस्पर्धी कमजोर बन्नेछन्। विदेश यात्रा सफल बन्नेछ। राजनीतिमा खटपटी हुनसक्छ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। परिवारभित्र मेलमिलाप हुनेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्ने देखिन्छ।

कन्या : श्रम गर्दै हुनुहुन्छ भने मेहनत आवश्यक देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। आम्दानी बढ्ने देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ भने वैदेशिक क्षेत्रमा झुक्याउने मान्छे धेरै भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

तुला : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। श्रममा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढे सफलता मिल्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।

वृश्चिक : गुरुको साथ र सहयोग प्राप्त हुनेछ। साथी सकारात्मक भएकाले दिन रमाइलो हुनेछ। लगानी भए स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ।

धनु : जीवन सहज बन्नेछ। आम्दानीका क्षेत्र धेरै देखिन्छन्। शेयर कारोबारमा फाइदा हु्ने योग छ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : काम गर्ने ठाउँमा विवाद हुनसक्छ। आफन्तबाट काममा अवरोध हुने जोखिम देखिन्छ। वैदेशिक लगानीबाट सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्य खराब बन्ने देखिन्छ।

कुम्भ : मन भारी हुनेछ। आफूले गरेका राम्रा कामको जस अरुले लिनेछन्। तपाईंले मेहनत गरे पनि फाइदा अरुले लिने देखिन्छ। उद्योग धन्दामा ठुलो लगानी नगर्नु राम्रो हुनेछ।

मीन : संघर्षपूर्ण समय छ। जति काममा व्यस्त भए पनि आम्दानी घट्ने समय छ। कुरा काट्ने सक्रिय छन्। लगानीका क्षेत्र सामान्य भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ५ : ०४ बजे

जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा क्षेत्र (तस्बिरहरू)

बारा– बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता तथा

सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान

नवलपरासी– व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि

लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै

लमजुङ– लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण

तनहुँ– तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु

कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक अवरुद्ध

मकवानपुर– सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि