सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत प्रयोजनका लागि आज बिहान सवा १० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

प्रदेश सभा सचिवालयले यसअघि वैशाख २१ र २२ गते दुई पटक विश्वासको मत लिन बैठक बोलाएको थियो । तर सत्तारुढ दलको प्रमुख घटक नेकपा एमालेले मुख्यमन्त्रीले हतार गरेका कारण तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक नबसेरै स्थगित भएको थियो ।

अहिले भने एमालेले सोडारीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने जनाएको छ ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदीस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

 

 

 

 

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : २५ बजे

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ