गर्मीमा खरबुजा खाँदै हुनुहुन्छ ? किन्दा यी कुरामा ध्यान दिनुहोस् ! « Khabarhub

गर्मीमा खरबुजा खाँदै हुनुहुन्छ ? किन्दा यी कुरामा ध्यान दिनुहोस् !


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


43.7k
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ । खरबुजा बालकदेखि वृद्धसम्मलाई मन पर्ने फल हो । गर्मी याममा मेवा, खरबुजा र आँपजस्ता फलफूलको धेरै नै बिक्री हुने गर्छ ।

खरबुजामा ९० प्रतिशत पानीको मात्रा हुने भएकाले यो हाम्रो स्वास्थ्यको लागि एकदम लाभदायी हुने चिकित्सकहरू बनाउँछन् । खरबुजामा प्रोटिन, फाइबर, भिटामिन धेरै मात्रामा पाइन्छ ।

अहिले बजारमा औषधि मिसाएका खरबुजा बिक्री हुने गरेको हल्ला पनि सुनिँदै आएको छ । त्यसैले खरबुजा किन्दा ध्यान दिनुपर्ने कुरा हामी उल्लेख गर्ने छौँ ।

यी कुराहरूमा ध्यान दिनुहोस्–

– खरबुजाको माथिल्लो भाग (डाँठ) लाई थिच्दा त्यो सजिलै थिचियो भने बुझ्नुहोस् कि खरबुजा पाकेको र मीठो हुनेछ । यदि डाँठमा प्वाल छ वा धेरै बाक्लो छ भने त्यो खराब हुन सक्छ।
– खरबुजाको बाहिरी तह पहेँलो छ र यसमा हरियो जाल जस्तै धारहरू छन् भने, यो धेरै मिठो र स्वादिष्ट हुन्छ । तर खरबुजा हरियो र चिल्लो छ भने सडेको हुन सक्छ।
– खरबुजाको तल्लो भाग कालो छ भने मिठो र प्राकृतिक रूपमा पाकेको भनेर बुझ्दा हुन्छ । यदि तल्लो भाग सामान्य छ भने त्यो काँचो हुन सक्छ ।
– खरबुजाबाट कडा सुगन्ध आउँछ भने मिठो हुन्छ । सुगन्ध हल्का भएमा कम मिठो हुन्छ ।
– खरबुजा किन्दा तौलमा ध्यान दिनुपर्छ । किनभने मीठो र पाकेको खरबुजाको तौल कम हुन्छ । तर गह्रौँ खरबुजामा धेरै बीउ हुन्छ र कम पाकेको हुन्छ ।
– खरबुजामा केमिकल मिसाएको छ कि छैन भनेर जाँच गर्नका लागि खरबुजा काटेर त्यसको चाना पानीमा हाल्ने यदि पानी पुरै रातो भयो भने त्यो केमिकल युक्त हुन सक्छ ।

स्रोत : विभिन्न मिडियाको सहयोगमा 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको