आदर्श नारी सीता पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहर : राष्ट्रपति | Khabarhub Khabarhub

आदर्श नारी सीता पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहर : राष्ट्रपति


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राष्ट्रिय विभूति सीताबाट सबैमा प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

सीता जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको बताए ।

माता सीतालाई धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिकारूपमा लिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गर्ने गरिएको स्मरण गरे ।

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । राष्ट्रपति पौडेलले त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको उल्लेख गरेका छन् ।

‘माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरकारूपमा रहिआएको छ, जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ’, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन् ।

उनले राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामनासमेत गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ७ : ०२ बजे

प्रि-एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ (तस्बिरहरू)

काठमाडौं– माथिल्लो मूलपानी रंगशालामा बिहीबार भएको काठमाडौं गोर्खाज र कर्णाली

गृहमन्त्री भन्छन् : समय छोटो छ, सरकारलाई असफल हुने छुट छैन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकालाई

‘चुनावअघि गर्नैपरे महाधिवेशन होइन, विशेष अधिवेशन गरौँ’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई सातादेखि सानेपामा

जेन-जी आन्दोलनका घाइतेले दिए अस्पतालमै मतदाता बायोमेट्रिक विवरण (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनमा घाइते भएका युवाले आगामी निर्वाचनका लागि आफ्नो

जापानमा भालु विरुद्ध हतियार प्रयोग गर्न प्रहरीलाई अनुमति

एजेन्सी– टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी जारी गर्न प्रेरित गरे सँगै