इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि चेल्सीको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि चेल्सीको जित


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा गएराति भएको खेलमा ब्राइटनलाई २–१ गोलले हराउँदै लन्डन क्लब चेल्सीले जित निकालेको हो ।

चेल्सीका लागि कोल पाल्मर र क्रिस्टोफर एनकन्कले एक–एक गोल गरेका थिए भने ब्राइटनका ड्यानी वेलबेकले एक गोल फर्काएका थिए ।

खेलको ३४औँ मिनेटमा चेल्सीका पाल्मरले सुरुवाती अग्रता दिलाएको खेलमा ६४औँ मिनेटमा क्रिस्टोफरले अग्रतालाई दोब्बर बनाएका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा ब्राइटनका वेलबेकले गोल गरे पनि टोलीको हारलाई टार्न सकेनन् ।

यो जितपछि चेल्सीले ३७ खेलबाट ६० अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित ब्राइटन समान खेलबाट ४८ अंकसहित १०औँ स्थानमा छ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ७ : ५६ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार