लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान « Khabarhub

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा विशेष साधारणसभा आह्वान गरिएको छ ।

जिल्लाको मेलुङ र वैतेश्वर गाउँपालिकामा रहेका तीनवटा सहकारीमा लाखौँ बचत अनियमितता तथा अपचलन भएको पुष्टि भएसँगै विशेष साधारणसभा आह्वान गरिएको हो ।

मेलुङ गाउँपालिका वडा नम्बर १ मा रहेको हाम्रो सूर्योदय सहकारी संस्था, वडा नम्बर ६ मा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्था र वैतेश्वर गाउँपालिका वडानम्बर २ मा रहेको दोलखा बहुउद्देश्यीय सहकारीले विशेष साधारण सभा आव्हान गरेका हुन्।

वैतेश्वर गाउँपालिका–२ को दोलखा बहुउद्देश्यीय कृषि बचत तथा ऋण  सहकारी संस्थामा करिब ८० लाख हाराहारीमा संस्थाका कर्मचारीले रकम हिनामिना तथा अपचलन गरेको ठहर गर्दै जेठ २६ गते विशेष साधारणसभा बोलाइएको वैतेश्वर गाउँपालिका–२ का वडा अध्यक्ष श्यामकुमार घिसिङले जानकारी दिए।

त्यसैगरी मेलुङ गाउँपालिका–६ मा मुख्य कार्यालय रहेको गाउँघर साना किसान सहकारीमा पनि आर्थिक अनियमितता भएको भन्दै शुक्रबार विशेष साधारणसभा बस्ने भएको छ ।

विशेष साधारण सभा आयोजना गर्न गठित तदर्थ समितिले सो साधारण सभाको आह्वान गरे अनुरूप शुक्रबार साधारण सभा बस्ने भएको हो ।

गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडको विगतदेखि रकम अपचलन भएको विषयमा गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा गठित समितिले विज्ञ टोली झिकाई सम्पूर्ण कागजात हेरी लेखा परीक्षण गरिसकेकाले यसलाई साधारण सभा मार्फत सार्वजनिक गर्न तथा सहकारी सञ्चालक समितिको गठन गर्ने उद्देश्यले साधारण सभाको आयोजना गरिएको मेलुङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कुसुम लामाले जानकारी दिए ।

उक्त सहकारीमा एक करोड रुपैयाँको हाराहारीमा रकम अपचलन भएको शेयर सदस्यहरूले बताउँदै आएका छन्।

त्यसैगरी मेलुङकै अर्को  वडा नम्बर १ मा रहेको हाम्रो सूर्योदय सहकारी संस्थाको रकम चोरी भई हालसम्म चोर पत्ता लाग्न नसकेको भन्दै उक्त सहकारीको साधारण सभा पनि जेठ ५ गते शनिबार बस्ने मेलुङ गाउँपालिकाले जनाएको छ ।

३२ लाख रुपैयाँ चोरी भयो भनिएको यस संस्थामा अझै चोर पत्ता लाग्न नसकेको पाइएको हो। सूर्योदय सहकारीको कार्यालय रहेको पवटीको रमाइलो चोकस्थित घरका घरबेटी एवम् सहकारीका पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेले केहि महिना अघिनै उक्त विषयलाई लिएर सामाजिक सञ्जालमार्फत रकम अपचलन गर्ने केहि व्यक्तिहरुको नाम सार्वजनिक गर्दै आरोप लगाएर आत्महत्या गरेका थिए।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ९ : ३० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको