कांग्रेससँग जुटेन सहमति, संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो « Khabarhub

कांग्रेससँग जुटेन सहमति, संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।

सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफल भएसँगै बैठकको समय धकेलिएको हो । यसअघि प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो ।

सभामुखको सचिवालयका अनुसार सहमति जुट्ने सम्भावना नदेखिएपछि बैठक अपरान्हसम्मलाई सारिएको हो ।

यसअघि सभामुख घिमिरेले संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

उक्त कुराकानीका क्रममा प्रधानमन्त्रीले कांग्रेससँग सहमति प्रयास भइरहेको बताएका थिए । तर प्रधानमन्त्रीले भने जस्तो सहमति हुन सकेन।

कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बने मात्रै संसद् अघि बढ्न सक्ने अडान लिएको छ ।

कांग्रेसको अडानका कारण जेठ १ मा राष्ट्रपतिले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रम पनि संसद्मा टेबल हुन सकेको छैन । अर्कातिर जेठ १५ मा बजेट ल्याउने तयारी भइरहँदा संसद्‍ खुल्ने सम्भावना पनि देखिएको छैन ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १२ : ०६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार