गृहमन्त्रीले संसद्‍मा बोल्न पाउनुपर्छ, त्यसपछि समिति बनाउन तयार छौँ : उपसभापति अर्याल | Khabarhub Khabarhub

गृहमन्त्रीले संसद्‍मा बोल्न पाउनुपर्छ, त्यसपछि समिति बनाउन तयार छौँ : उपसभापति अर्याल


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधि सभामा बोल्न पाउनुपर्ने माग दोहोर्‍याएका छन् ।

सहकारी ठगी प्रकरणको आरोप सामना गरिरहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई संसद्‍मा बोल्न दिन कांग्रेस लचिलए भएको अवस्थामा श्रममन्त्रीसमेत रहेका अर्यालले यस्तो बताएका हुन् ।

अर्यालले बिहीबार दिउँसो खबरहबसँग संक्षिप्त कुरा गर्दै अपरान्ह ४ बजे बस्ने संसद् बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने माग गरे ।

‘आरोप लागिसकेपछि पहिला हाम्रो एक पटक कुरा सुनियोस् । त्यसपछि समिति बनाउनुपरे बनाउँला । त्यसपछि हामी नै समितिको माग गर्न सक्छौँ कि !’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई गृहमन्त्रीलाई एक पटक संसद्‍मा बोल्न दिएर समिति बनाउने प्रस्ताव गरेका छन् ।

बिहीबार पनि उनले दोहोर्‍याएको यो प्रस्तावमा कांग्रेस लचिलो देखिएको छ । यसबारे कांग्रेसले संसदीय दलमा अनौपचारिक छलफल गरिरहेको सचेतक सुशीला थिङले बताएकी छन् ।

सभापति देउवा पनि प्रधानमन्त्रीको प्रस्तावमा लचिलो देखिएकाले बिहीबार अपरान्हदेखि संसद्‍ खुल्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १२ : ३९ बजे

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा