८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ, एकजनाको पेटमा भेटियो एक केजी २६० ग्राम « Khabarhub

८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ, एकजनाको पेटमा भेटियो एक केजी २६० ग्राम


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले युगान्डाबाट आएका दुईजना महिलालाई करिब ८ करोड रुपैयाँको २ केजी ६५४ ग्राम प्रतिबन्धित लागुऔषध कोकिनसहित प्रकाउ गरेको छ ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कोकिन बोकेर आएका युगान्डाका दुई महिला र जिम्मा लिन आएकी एकजना भारतीय महिलालाई पनि पक्राउ गरेको छ ।

ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार गत वैशाख ३० गते काठमाडौं आइपुगेकी ओर्लिएकी ४४ वर्षीया केभिना म्युगालाको पेटभित्रबाट १ केजी २६० ग्राम कोकिन निकालिएको छ ।

कतारबाट आएकी केभिना म्युगालालाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको थियो । उनले पेटभित्र निलेको अवस्थामा शंकास्पद वस्तु रहेको थाहा पाएपछि ब्युरोले चेकजाँचका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगेको थियो ।

जहाँ उपचार पद्धतिबाट उनले सेतो पलास्टिकले र्‍यापिङ गरी निलेर पेटमा पुर्‍याएका ९० वटा कोकिनका क्यापसुलहरू निकालिएको छ। उनको पेटबाट प्रहरीले १ केजी २६० ग्राम कोकिन निकालेको हो ।

उनीपछि युगान्डाकी अर्की महिला लाई ठमेलको धोबीचौरस्थित एक होटलबाट बुधबार पक्राउ गरेको छ । युगान्डाकी एलट्लिटान सुसानले सुटकेसमा स्नेकर्स चकलेटभित्र लुकाएर राखेको १ केजी ३९४ ग्राम कोकिन पनि बरामद भएको छ ।

उक्त परिमाणको कोकिन चकलेटभित्र ६३ वटा प्लास्टिकले र्‍यापिङ गरिएको अवस्थामा बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी कार्कीले दिएका छन् ।

उक्त परिमाणको कोकिन चकलेटभित्र मिसाएर ल्याएको पाइएको कार्कीले बताए । दुवै महिलाबाट बरामद गरिएको उक्त २ केजी ६५४ ग्राम अवैध लागुऔषध कोकिनको बजार मूल्य ७ करोड ९६ लाख हुन आउने कार्कीले बताएका छन् ।

कार्कीका अनुसार अनुसन्धानको क्रममा उक्त कोकिन लिन आएकी भारतीय नागरिक ३३ वर्षीया देवाजानी पाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार ठमेलस्थित धोवीचौरको एक होटेलबाट पक्राउ गरिएको कार्कीले बताए ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  २ : ०८ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम