८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ, एकजनाको पेटमा भेटियो एक केजी २६० ग्राम « Khabarhub

८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ, एकजनाको पेटमा भेटियो एक केजी २६० ग्राम


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले युगान्डाबाट आएका दुईजना महिलालाई करिब ८ करोड रुपैयाँको २ केजी ६५४ ग्राम प्रतिबन्धित लागुऔषध कोकिनसहित प्रकाउ गरेको छ ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कोकिन बोकेर आएका युगान्डाका दुई महिला र जिम्मा लिन आएकी एकजना भारतीय महिलालाई पनि पक्राउ गरेको छ ।

ब्युरोका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार गत वैशाख ३० गते काठमाडौं आइपुगेकी ओर्लिएकी ४४ वर्षीया केभिना म्युगालाको पेटभित्रबाट १ केजी २६० ग्राम कोकिन निकालिएको छ ।

कतारबाट आएकी केभिना म्युगालालाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको थियो । उनले पेटभित्र निलेको अवस्थामा शंकास्पद वस्तु रहेको थाहा पाएपछि ब्युरोले चेकजाँचका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगेको थियो ।

जहाँ उपचार पद्धतिबाट उनले सेतो पलास्टिकले र्‍यापिङ गरी निलेर पेटमा पुर्‍याएका ९० वटा कोकिनका क्यापसुलहरू निकालिएको छ। उनको पेटबाट प्रहरीले १ केजी २६० ग्राम कोकिन निकालेको हो ।

उनीपछि युगान्डाकी अर्की महिला लाई ठमेलको धोबीचौरस्थित एक होटलबाट बुधबार पक्राउ गरेको छ । युगान्डाकी एलट्लिटान सुसानले सुटकेसमा स्नेकर्स चकलेटभित्र लुकाएर राखेको १ केजी ३९४ ग्राम कोकिन पनि बरामद भएको छ ।

उक्त परिमाणको कोकिन चकलेटभित्र ६३ वटा प्लास्टिकले र्‍यापिङ गरिएको अवस्थामा बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी कार्कीले दिएका छन् ।

उक्त परिमाणको कोकिन चकलेटभित्र मिसाएर ल्याएको पाइएको कार्कीले बताए । दुवै महिलाबाट बरामद गरिएको उक्त २ केजी ६५४ ग्राम अवैध लागुऔषध कोकिनको बजार मूल्य ७ करोड ९६ लाख हुन आउने कार्कीले बताएका छन् ।

कार्कीका अनुसार अनुसन्धानको क्रममा उक्त कोकिन लिन आएकी भारतीय नागरिक ३३ वर्षीया देवाजानी पाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार ठमेलस्थित धोवीचौरको एक होटेलबाट पक्राउ गरिएको कार्कीले बताए ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  २ : ०८ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन