चितवन निकुञ्जका जनावरको आक्रमणबाट सात जनाको मृत्यु « Khabarhub

चितवन निकुञ्जका जनावरको आक्रमणबाट सात जनाको मृत्यु


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

चितवन– जंगली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो । विभिन्न समयमा जंगली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो । सोही समयमा वन्यजन्तुको आक्रमणबाट २७ जना घाइते भएका छन् । जसमध्ये १५ सामान्य र १२ जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा हात्तीको आक्रमण १०, गैँडाको आक्रमणबाट १२, बाघको आक्रमणबाट चारजना रहेका सूचना अधिकारी तिवारीले जानकारी दिए। त्यस्तै गौरी गाईको आक्रमणबाट एकजना घाइते भएको उनले बताए ।

घाइतेको उपचारका लागि निकुञ्जले २१ लाख २३ हजार सात सय ७४ राहतस्वरुप प्रदान गरेको तिवारीले जानकारी दिए। उनको अनुसार मृत्यु भएका सातजनाको परिवारलाई राहतस्वरुप ७० लाख प्रदान गरिएको छ ।

मध्यवर्ती क्षेत्रको सामुदायिक वनमा नियमानुसार वन पैदावार संकलन गर्न जाँदा वन्यजन्तुले आक्रमण गरेको तिवारीले जानकारी दिए। उ

मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा वन्यजन्तुको बासस्थान हुने र मानिसले पनि उपभोगका लागि सोही क्षेत्र प्रयोग गर्ने भएकाले सो क्षेत्रमा बढी सङ्ख्यामा वन्यजन्तुको आक्रमण हुने गरेको तिवारीको भनाइ छ ।

यस्ता क्षेत्रमा वन पैदावार संकलन गर्न जाँदा वन्यजन्तुको आनीबानी र उपस्थितिको बारेमा बुझेर जाने, साँझ बिहान नजाने, समूहमा जाने, प्रकृति सुहाउँदो खालका कपडा लगाएर जाने गर्दा क्षति कम गर्न सकिने उनले बताए।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  २ : २६ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना