मन्त्रिपरिषद् : फिन्ल्यान्डको १३ मिलियन युरो स्वीकार, दुई सहसचिवको सचिवमा बढुवा « Khabarhub

मन्त्रिपरिषद् : फिन्ल्यान्डको १३ मिलियन युरो स्वीकार, दुई सहसचिवको सचिवमा बढुवा


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३ मिलियन युरो अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ ।

बैठकले जलवायु परिवर्तन अनुकल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै सरकारले दुईजना सहसचिवलाई सचिवमा पदमा बढुवा गरेको छ । हाल मधेस प्रदेशको कायममुकायम सचिवका रुपमा रहेका लोकनाथ पौडललाई नेपाल प्रशासन समूहतर्फ सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।

नेपाल कृषि वनसेवातर्फ राजेन्द्रप्रसाद मिश्रलाई पनि सरकारले सचिवमा बढुवा गरेको छ ।

यसअघि बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि वरिष्ठ तीन सहसचिवहरू लोकनाथ पौडेल, गोविन्द बहादुर कार्की र महादेव पन्थको नाम सिफारिस गरेको थियो ।

उता नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको अध्यक्षमा प्राध्यापक लेखनाथ शर्मालाई नियुक्त गरिएको छ । सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ३ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया