दलहरूबीच सहमति जुटेन, कांग्रेसले संसद् अवरोध गर्ने « Khabarhub

दलहरूबीच सहमति जुटेन, कांग्रेसले संसद् अवरोध गर्ने


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरोध गर्ने भएको छ । 

दलहरूबीच सहमति नजुटेपछि आज पनि संसद्  अवरोध गर्ने तयारी रहेको कांग्रेस सांसद प्रतिमा गौतमले बताएकी छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बने मात्रै संसद् अघि बढ्न सक्ने अडान लिएको छ ।

सरकार गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।

अहिले केही बेरमा प्रतिनिधि सभाको बैठक बस्दै छ ।

यसअघि पनि सहमतिको प्रयास असफल भएकै कारण बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक भएको थियो ।

 

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ३ : ५३ बजे

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले