जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक सम्पन्न « Khabarhub

जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक सम्पन्न


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र अलग्गिएपछि पहिलो पटक जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक बसेको छ । 

प्रदेशको मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री लालबाबु राउत बाहेक सबै सांसद उपस्थित रहेको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले बताए । 

उनले काम विशेषले पूर्व मुख्यमन्त्री राउत बाहिर रहेकाले दलको बैठकमा उपस्थित हुन नसकेको बताए ।

उनले यस अघिको बैठकमा अलिअलि असन्तुष्टि र नोकझोक पनि हुने गरेको तर आजको बैठकमा सबैजनाको एकमत र सौहार्द्रपूर्ण वातावरण रहेको समेत बताए । 

यस्ता छन् बैठकका निर्णयहरु

-मधेश सरकारको नेतृत्वमा रहिरहने र त्यसका लागि बिश्वासको मत निर्धारित ३० दिनको समय भन्दा पनि अगावै लिने ।

– षडयन्त्र तहत फुटाइएको पार्टीको हकमा स्र्वोच्च अदालतको निर्णय निर्वाचन आयोग माथी प्रश्न चिन्ह उभ्याएकाले सकारात्मक र अवसरको रुपमा लिदै पार्टीमा भएको फुट गलत र अवैधानिक रहेको पुष्टी गर्न सबै शक्ति लगाउने र त्यसमा मधेशबाट साथ दिने ।

– मधेशका सबै सांसद एक ढिक्का भएर पार्टी नेतृत्वलाई आत्मबल दिदै पार्टी बचाउन आ आफनो तवरबाट सक्रिय हुने ।

-अगामि जेठ २८ देखि ३० गते सम्म तोकिएकोे महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र त्यसका लागि सबैजना आ आफनो तर्फबाट सहयोग र भुमिका निर्वाह गर्ने ।

– निति तथा कार्यक्रममा कस्ता योजना समावेश हुनुपर्छ भन्ने सवालमा पार्टीका सबै सांसदहरुले लिखित रुपमै संसदिय दललाई सुझाव दिनुपर्ने ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ४ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार