रास्वपा भन्छ- ‘कांग्रेस नेता घण्टा-घण्टामा कुरा फेर्छन्, उहाँहरूलाई सरकार चाहिएको छ’  « Khabarhub

रास्वपा भन्छ- ‘कांग्रेस नेता घण्टा-घण्टामा कुरा फेर्छन्, उहाँहरूलाई सरकार चाहिएको छ’ 


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले छानबिन समितिका नाममा ४ सहकारीलाई मात्र फोकस गरेको आरोप लगाएको छ । 

रास्वपाका संसद् मनिस झाले कांग्रेसले समग्र सहकारीका विषयलाई ओझेल पारेर खाली ४ वटा सहकारीमा मात्र फोकस भएको बताए । 

उनले भने, ‘हामी समग्र सहकारीको छानबिन गरौँ भन्छौँ । उहाँहरू कहिले सहमत हुनुहुन्न । कहिले बिचमा कुरा फेर्नुहुन्छ । घण्टा–घण्टामा उहाँहरूको बेली फेरिन्छ । उहाँहरूलाई सत्ता चाहिएको हो । हामीलाई बोल्न दिनु अनि समिति बनाउँला भन्दा उहाँहरू विश्वास गर्नुहुन्न । यसरी त कसरी होला र ? कांग्रेसले सरकार मागेको छ । सहकारीको विषय बाहान मात्रै हो ।’ 

उनले कांग्रेसका नेताहरूको भनाइ नै बाझिने बताएका छन् । कांग्रेसले  ड्राफ्ट मागेको तर कस्तो  ड्राफ्ट भन्दा जवाफ नभएको बताए । 

उनले भने, ‘कांग्रेस व्यक्तिमाथि खनिएको छ । सरकार बिना छटपटिएको छ ।’ 

उनले विभिन्न विकल्पहरू भएकाले कांग्रेसले अडान छाडेर रास्वपालई बोल्न दिनुपर्ने बताए । उनले भने, ‘समग्र सहकारीको छानबिन हुनुपर्छ ।’

यसै विषयमा दलका शीर्ष नेता, प्रधानमन्त्री र सभामुख अहिले छलफलमा भएको सभामुखको सचिवालयको भनाइ छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ५ : ०६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने