रास्वपा भन्छ- ‘कांग्रेस नेता घण्टा-घण्टामा कुरा फेर्छन्, उहाँहरूलाई सरकार चाहिएको छ’  « Khabarhub

रास्वपा भन्छ- ‘कांग्रेस नेता घण्टा-घण्टामा कुरा फेर्छन्, उहाँहरूलाई सरकार चाहिएको छ’ 


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले छानबिन समितिका नाममा ४ सहकारीलाई मात्र फोकस गरेको आरोप लगाएको छ । 

रास्वपाका संसद् मनिस झाले कांग्रेसले समग्र सहकारीका विषयलाई ओझेल पारेर खाली ४ वटा सहकारीमा मात्र फोकस भएको बताए । 

उनले भने, ‘हामी समग्र सहकारीको छानबिन गरौँ भन्छौँ । उहाँहरू कहिले सहमत हुनुहुन्न । कहिले बिचमा कुरा फेर्नुहुन्छ । घण्टा–घण्टामा उहाँहरूको बेली फेरिन्छ । उहाँहरूलाई सत्ता चाहिएको हो । हामीलाई बोल्न दिनु अनि समिति बनाउँला भन्दा उहाँहरू विश्वास गर्नुहुन्न । यसरी त कसरी होला र ? कांग्रेसले सरकार मागेको छ । सहकारीको विषय बाहान मात्रै हो ।’ 

उनले कांग्रेसका नेताहरूको भनाइ नै बाझिने बताएका छन् । कांग्रेसले  ड्राफ्ट मागेको तर कस्तो  ड्राफ्ट भन्दा जवाफ नभएको बताए । 

उनले भने, ‘कांग्रेस व्यक्तिमाथि खनिएको छ । सरकार बिना छटपटिएको छ ।’ 

उनले विभिन्न विकल्पहरू भएकाले कांग्रेसले अडान छाडेर रास्वपालई बोल्न दिनुपर्ने बताए । उनले भने, ‘समग्र सहकारीको छानबिन हुनुपर्छ ।’

यसै विषयमा दलका शीर्ष नेता, प्रधानमन्त्री र सभामुख अहिले छलफलमा भएको सभामुखको सचिवालयको भनाइ छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ५ : ०६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस