काठमाडौं- लामो विवाद र गलफत्तीबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजी गरेको छ ।
कांग्रेसका सांसदहरू आशनबाट उठेर वेल घेर्न पुगेका छन् । उनीहरूले सहकारी प्रकरणलाई लिएर निरन्तर नाराबाजी गरिरहेका छन् ।
सभामुखले देवराज घिमिरेले बैठकमा आशन ग्रहणका लागि आग्रह गरिरहेका छन् । तर कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै सहकारी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही माग गर्दै नाराबाजी गरिरहेका छन् ।
कांग्रेसको अवरोधपछि सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गरिरहेका छन् ।
दलहरूबीच बिहीबार दिनभर सहमतिको प्रयास भएको थियो । तर संसदीय समितिको कार्यादेशमा सहमति हुन नसकेपछि विवाद यथावत रहेको छ ।
भिडियो
प्रकाशित मिति :
३ जेठ २०८१, बिहीबार ६ :
०४ बजे
प्रतिक्रिया