वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ  « Khabarhub

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धीखर्क नगरपालिका-७ घर भई काठमाडौं डिल्लीबजार बस्ने ३१ वर्षीय दिलिप कुमार पाण्डे र गोरखा सहिद लखन गाउँपालिका-९ घर भई काठमाडौं सामाखुसी बस्ने ३३ वर्षीय रामेश्वर काप्री रहेका छन् ।

पक्राउमध्ये दिलिपले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७५ हजार रुपैयाँ र रामेश्वरले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ ठगी गरेको खुल्न आएकाेले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिलिपलाई काठमाडौं नयाँ बानेश्वर र रामेश्वरलाई काठमाडौं बौद्धबाट
पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको