संसद्‍मा तनावपछि कांग्रेसको प्रतिक्रिया : सत्तापक्षको जबरजस्ती रोक्न खोजेका हौँ « Khabarhub

संसद्‍मा तनावपछि कांग्रेसको प्रतिक्रिया : सत्तापक्षको जबरजस्ती रोक्न खोजेका हौँ


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच हाल हालाहाल को अवस्था उत्पन्न भएको छ ।

सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरू आक्रोशित भएका थिए ।

त्यही आक्रोशका क्रममा नारा लगाइरहेका उपसभापति गुरुङ र आशनबाट उठेका एमाले अध्यक्ष ओलीबीच हात हालाहालको अवस्था आएको हो ।

तर तनावबीच बैठक स्थगित भइसकेपछि कांग्रेस संसद् बद्री पाण्डेले आफूहरूले अवरोध गर्दा गर्दै सभामुख देवराज घिमिरले गृहमन्त्री लामिछानेलाई बोल्न दिएकाले रोक्न खोज्दा तनाव भएको बताए ।

उनले सत्ता पक्षका सांसदहरू आफूहरूमाथि खनिएको जिकिर पनि गरे । उनले खबरहबसँग भने, ‘जबरजस्ती गरेपछि रोक्न खोजेका हौँ । तर सत्ता पक्षका सांसदहरू हामीमाथि खनिनु भयो ।’

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : २८ बजे

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना