जब धनराज गुरुङ नाराबाजी गर्दै केपी ओलीसँग खनिए… (तस्बिरहरू) « Khabarhub

जब धनराज गुरुङ नाराबाजी गर्दै केपी ओलीसँग खनिए… (तस्बिरहरू)


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच संसद्‌ बैठकमै धकेलाधकेल भएको छ ।

आफूहरूको विरोधबीच गृहमन्त्री रवि लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिँदा कांग्रेस सांसदहरू आक्रोशित भएका थिए ।

आक्रोशित मुद्रामा प्रस्तुत भएका कांग्रेस सांसदहरूलाई सम्झाउँदै ओली आशनबाट उठेर अघि बढेका थिए ।

ओली अघि बढेर कांग्रेस सांसदहरूको आशननजिक पुग्नेबित्तिकै कांग्रेस उपसभापति धनराज गुरुङले मुठ्ठी उठाएर नाराबाजी गर्न थाले ।

चर्को नाराबाजी गर्दै गुरुङ आक्रोशित मुद्रामा प्रस्तुत भएपछि ओली पनि रिसाउन पुगे । दुईजनाबीचको विवाद धकेलाधकेलमा पुगेपछि एमाले सांसदहरू अघि बढे।

लगत्तै कांग्रेस सांसदहरू पनि त्यहाँ जम्मा भए । दुवै दलका सांसदहरूबीच केहीबेर धकेलाधकेल र घम्साघम्सी नै चल्यो । संसद्‍मा तनाव बढेपछि सभामुख देवराज घिमिरले बैठक भोलिसम्मलाई स्थगित गरिदिए ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको