कतारबाट अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक ! « Khabarhub

कतारबाट अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक !


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा बिर्तामोड बस्ने ३८ वर्षीय सूर्यबहादुर समाल मगर लाई पक्राउ गरेको हो ।

एसपी रवीन्द्र रेग्मीका अनुसार बुधबार बिहान ९ बजेतिर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर-६ स्थित सडक बाटो किनारको नालीमा अपरिचित व्यक्ति घाइते लडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले विभिन्न स्थानीय व्यक्तिहरू र प्रहरीले उनलाई गोदावरी-६ स्थित नमस्ते मेट्रो अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए।

प्रहरीको टोलीले अस्‍पतालमा पुगेर अनुसन्धान अघि बढाएको थियो ।  उनीमाथि सोधपुछ गर्दा मंगलबार बिहान उनी कतारबाट फर्किएका थिए ।

एसपी रेग्‍मीका अनुसार उनले राजस्व छली गरी सुन ल्याएका थिए। उनले ५० ग्रामको सुनको ब्रासलेट र २० ग्रामको सुनको औंठी ल्याएका थिए।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौं आएपछि उनी दिउँसो १ बजे सौर्य एयरलाइन्समार्फत् भद्रपुर पुगेका थिए । उनी आफ्नो घरमा गएर सुनको ब्रासलेट र औंठी लुकाएका थिए। त्यहाँबाट फेरि साँझ साढे ६ बजे बुद्ध एयरको फ्लाइटमा काठमाडौं फर्किएका थिए ।

बुधबार बिहान उनले आफैले आफैमाथि शरीरका विभिन्न भागमा चोट बनाएको एसपी रेग्मीले बताए । किनारमा रहेको नालीमा पुगेर आफ्नो हातखुट्टा आफैले बाँधेर सडक किनारमा बसेको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले सिसिटिभी फुटेजहरू पनि केलाएको थियो । प्रहरीले अपहरण गर्ने व्यक्तिको खोजी गर्दा सिसिटिभी फुटेजमा रहेका कपडाहरू फरक परेका थिए ।

‘विमानस्थलमा आइपुग्दा लगाएको कपडा र घटनास्थल आसपासका फुटेजमा फरक कपडा पायौं। कपडाका विषयमा सोधपुछ गर्दा उनले बताउन सकेनन् । त्यसपछि हामीलाई शंका लाग्यो,’ एसपी रेग्मीले भने, ‘झापातिर पनि बुझेपछि यसबारे खुल्यो ।’

यसरी नाटक गरेको थाहा पाएपछि प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको टोलीसँग समन्वय गरी प्रहरीले उनको घरबाट सुनका गहना बरामद गरेको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरणमा बुझाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ५३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।