कांग्रेससँग घम्साघम्सीपछि रणनीति बनाउँदै सत्ता पक्षका शीर्ष नेताहरू « Khabarhub

कांग्रेससँग घम्साघम्सीपछि रणनीति बनाउँदै सत्ता पक्षका शीर्ष नेताहरू


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधिसभा बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएपछि सत्ता पक्षका शीर्ष नेताहरू रणनीति बनाउन जुटेका छन् ।

प्रतिनिधिसभामा तनावपछि आवश्यक रणनीति निर्माण र छलफलका लागि सत्ता पक्षका शीर्ष नेताहरू सिंहदरबारमा जुटेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ ।

सत्ता पक्षले भोलिको बैठकमा कांग्रेस संसदहरुले माफी माग्नुपर्ने बताइरहेका छन् । यता कांग्रेस नेताहरूले भने सरकार पक्षले प्रतिपक्षीको आवाज बन्द गर्न खोजेको आरोप लगाइरहेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा राप्रपाले पनि उठेर विरोध जनाएको थियो । उसले पनि सहकारी प्रकरणमा कांग्रेससँग मिलेर संसद्मा विरोध जनाउने अवस्था छ ।

बिहीबार बिहानैबाट संसद् खुलाउने प्रयास भए पनि बजेट अधिवेशनअन्तर्गत तेस्रो बैठकमा तनाव भएको हो । बिहीबार दिनभर दलहरू सहमतिनजिक पुगे पनि संसदीय समितिको कार्यादेशमा कुरा नमिल्दा सहमति अन्तिम समयमा भाँडिएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ७ : ४८ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित