‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध « Khabarhub

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा नायिका परीक्षा लिम्बू प्रमुख भूमिकामा देखिँदै छन् । यस अघि उनी हिट दुई फिल्म जारी र छक्का पञ्जामा सहायक भूमिकामा अभिनय गरेकी थिइन् ।

अहिले चलचित्रको प्रचारमा व्यस्त रेहकी परीक्षाले लामो सकसपछि यस फिल्ममा अनुबन्ध भएको प्रसंग सुनाएकी छन् । अडिसनमार्फत फिल्ममा जोडिएकी उनले ६ वटा भिडियो निर्माण पक्षलाई पठाएपछि मात्रै फाइनल भएको बताउँछिन् ।

फिल्ममा गौमायाको भूमिकामा रहेकी परीक्षा भन्छिन्, ‘उहाँहरूले मंगोलियन युवती खोजिरहनुभएको रहेछ। अडिसन खुलेको थाहा पाएँ । फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ ।’

निर्माण पक्षले कास्कीको कास्कीकोट क्षेत्रको स्थानीय लवज खोजेकाले फिल्ममा फाइनल हुन लामो समय लागेको उनको बुझाइ छ । उनी भन्छिन्, ‘स्थानीय लवजमा बोल्न सक्ने पात्रको खोजी रहेछ । भाषाले एकदमै महत्त्व राखेको छ । त्यही कारण उहाँहरुले लामो समय लिनुभयो । पछि अनुबन्ध भएपछि लवज र भाषाबारे उहाँहरुले नै अभ्यास गराउनु भयो ।’

फिल्ममा पश्चिमको भाषा बोल्नुपर्ने भएकाले पूर्वमा हुर्केकी परीक्षालाई अनुबन्ध हुन सकस भयो । यद्यपि छायांकन र पात्र निमार्णको प्रक्रिया भने रमाइलो भएको अनुभव उनीसँग छ ।

उनी भन्छिन्, ‘आफूबाट अर्को मान्छे हुन पाउँदा मलाई रमाइलो लाग्यो । वास्तविक मभन्दा फिल्मको ममा धेरै फरक छ । सुरुमा मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो ।’

परीक्षा यस चलचित्रमा ‘मैतबहादुर’को भूमिकामा रहेको नायक प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा छन्। प्रदीपसँग उनको यो पहिलो सहकार्य हो ।

जातीय छुवाछुतविरुद्धको कथामा आधारित यस फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ । यस फिल्मको कथा विकास सुबेदीले लेखेका हुन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ८ : ५१ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका