बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु « Khabarhub

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।

बिहीबार पोखराबाट गुल्मी तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरकोबस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कुँवरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बस रुरुक्षेत्र गाउँपालिका –१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा दुर्घटना भएको थियो । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

घाइतेमध्ये एक जनाको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ । भने १२ जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १० : ५७ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा