आज २०८१ साल असार २ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल असार २ गते आइतबारको राशिफल


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २ गते आइतबार तदनुसार सन् २०२४ जुन १६ तारिख। जेठ शुक्ल पक्षको दशमी तिथि। गङ्गादशहरा व्रत, गोसाइकुण्ड स्नान समाप्ति, अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस रअन्तर्राष्ट्रिय बुवा दिवससमेत आजै परेका छन् ।

चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : शेयरको कारोबारमा फाइदा हुनेछ। चिट्ठा पर्ने योग छ। शिक्षामा भन्दा व्यपारमा नाफा हुनेछ। परिवारमा तपाईंको बोली कार्यान्वयन नहुने जोखिम देखिन्छ।

वृष : दिन रमाइलो छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने देखिन्छ। साझेदारीमा गरेको लगानीबाट झन्झट आइपर्न सक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ।

मिथुन : खर्च बढ्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट आम्दानी बढ्नेछ। श्रम गरेको क्षेत्रमा नाफा हुनेछ। स्वास्थ्य क्षेत्रमा खर्च बढ्ने देखिन्छ। परिवारमा भने विवाद बढ्ने देखिन्छ।

कर्कट : आफन्तले व्यवहारमा अप्ठेरो पार्ने जोखिम देखिन्छ। जग्गा र घरको कारोबारले फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीमा सफलता मिल्नेछ। परिवारमा खटपटी बढ्ने जोखिम छ। थोरै बोलेर काम मात्र गर्नु फाइदाजनक हुनेछ।

सिंह : वैदेशिक क्षेत्रको लगानीबाट काम बन्नेछ। धनलक्ष्मी योग परेकाले लगानी गर्न आँट गर्नुपर्ने दिन छ। अप्ठेरो परिस्थितिमा साथीको साथ मिल्नेछ। परिवारभित्र भने गुनासा धेरै सुन्नुपर्ने हुनसक्छ। सामाजिक क्षेत्रमा भने सेवाको अवसर प्राप्त हुनेछ।

कन्या : बोलीको प्रभावले राम्रो काम बन्नेछ। परोपकारी संस्था र व्यक्तिसँग सहकार्यको अवसर प्राप्त हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीले जीवनमा सफलताको बाटो बन्नेछ। परिवारसँगको सम्बन्ध सफल बन्नेछ।

तुला : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा खटपटी आउनसक्छ। समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ। कामको व्यस्तताले खानपानमा समस्या हुनसक्छ। परिवारको व्यवस्थापन नहुँदा खटपटी बढ्नेछ।

वृश्चिक : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। कुरा काट्ने साथी शान्त छन्। न्यापूर्वक गरेको श्रमको मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्धमा वादविवाद बढ्ने योग छ।

धनु : समय रमाइलो छ। सांगीतिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। खेल क्षेत्रमा रुचि बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ।

मकर : शिक्षा क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद हुने योग छ। गोपनीयता खोल्ने बानीले घाटा हुने देखिन्छ। परिवारलाई समय नदिँदा विवाद बढ्ने जोखिम छ।

कुम्भ : साथीभाइको झगडा देख्नुपर्ने हुनसक्छ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। मन उदास हुनसक्छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। आफन्तबाट धोका हुनेछ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

मीन : आफन्तबाट अपमानित हुने योग छ। धेरै तर्क नगर्नु राम्रो हुनेछ। श्रमको क्षेत्रमा न्याय मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ५ : ०२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा