युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात « Khabarhub

युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युइएफए युरोकप २०२४ मा क्रोएसियामाथि स्पेनले शानदार जित निकालेको छ। समूह ‘बी’ को खेलमा स्पनेले ३-० गोल गर्दै शानदार विजयी सुरुवात गरेको हो।

गएराति भएको खेलको पहिलो हाफमा स्पेनले क्रोएसियाविरुद्ध सनसनीपूर्ण खेल प्रदर्शन गरेको हो। २९ औं मिनेटमा अल्भारोज मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए।

३२ औं मिनेटमा फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए भने पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गर्दै स्पष्ट नतिजा आफ्नो पक्षमा पारे। पहिलो हाफ एकपक्षीय ढंगले स्पेनले प्रभाव जमाएको खेलमा दोस्रो हाफमा क्रोएसियाले पुनरागमन गर्न सकेन। दोस्रो हाफमा स्पेनसमेत रक्षात्मक ढंगले खेल्यो।

समूह ‘बी’मा यो जितसँगै स्पेन तीन अंकका साथमा शीर्ष स्थानमा उक्लिएको छ। यो समूहमा स्पेनसँगै, क्रोएसिया, अल्बानिया र इटाली छन्।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ५ : २१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ