भारत र अमेरिकाबीच रक्षा सहकार्य बढ्दै « Khabarhub

भारत र अमेरिकाबीच रक्षा सहकार्य बढ्दै


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र अमेरिकी अधिकारीहरुले दुई मुलुकबीच रक्षा सहकार्य थप मजबुत बन्दै गएको बताएका छन् ।

दुई मुलुकका रक्षा अधिकारीहरुले हिन्द प्रशान्त क्षेत्रमा एक पछि अर्को सुरक्षा चुनौती बढिरहेको भन्दै रक्षा सहकार्यको महत्व पनि बढ्दै गएको जनाएका हुन् ।

भारतको बैङ्गलोरमा आयोजित रक्षा सम्मेलनमा भारतका लागि अमेरिकी रक्षा सहचारी रियर एडमिरल माइकल बेकरले विश्व शान्ति एवम् सुरक्षाका लागि भारत र अमेरिकाको साझेदारी महत्वपूर्ण हुने उल्लेख गरे ।

भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सका अनुसार भारतीय नौसैनिक अधिकारी रियर एडमिरल निर्भय बपनाले दुबै मुलुक हिन्द प्रशान्त क्षेत्रमा शान्ति एवम् समृद्धिको पक्षमा रहेको बताए ।

दुई मुलुकबीच पछिल्लो समय साइबर सुरक्षा, अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा सहकार्य बढ्दै गएको पाइन्छ ।

त्यसबाहेक दुई मुलुकबीच संयुक्त सैन्य अभ्यास, रक्षा उद्योगमा सहकार्य, सूचना आदान प्रदान, रणनीतिक वार्ताजस्ता परस्पर हितका क्षेत्रमा पनि साझेदारी बढ्दै गएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : ११ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले