भारत र अमेरिकाबीच रक्षा सहकार्य बढ्दै | Khabarhub Khabarhub

भारत र अमेरिकाबीच रक्षा सहकार्य बढ्दै


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र अमेरिकी अधिकारीहरुले दुई मुलुकबीच रक्षा सहकार्य थप मजबुत बन्दै गएको बताएका छन् ।

दुई मुलुकका रक्षा अधिकारीहरुले हिन्द प्रशान्त क्षेत्रमा एक पछि अर्को सुरक्षा चुनौती बढिरहेको भन्दै रक्षा सहकार्यको महत्व पनि बढ्दै गएको जनाएका हुन् ।

भारतको बैङ्गलोरमा आयोजित रक्षा सम्मेलनमा भारतका लागि अमेरिकी रक्षा सहचारी रियर एडमिरल माइकल बेकरले विश्व शान्ति एवम् सुरक्षाका लागि भारत र अमेरिकाको साझेदारी महत्वपूर्ण हुने उल्लेख गरे ।

भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सका अनुसार भारतीय नौसैनिक अधिकारी रियर एडमिरल निर्भय बपनाले दुबै मुलुक हिन्द प्रशान्त क्षेत्रमा शान्ति एवम् समृद्धिको पक्षमा रहेको बताए ।

दुई मुलुकबीच पछिल्लो समय साइबर सुरक्षा, अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा सहकार्य बढ्दै गएको पाइन्छ ।

त्यसबाहेक दुई मुलुकबीच संयुक्त सैन्य अभ्यास, रक्षा उद्योगमा सहकार्य, सूचना आदान प्रदान, रणनीतिक वार्ताजस्ता परस्पर हितका क्षेत्रमा पनि साझेदारी बढ्दै गएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : ११ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना