गाई पालन र घाँस बिक्रीबाट राम्रो आम्दानी « Khabarhub

गाई पालन र घाँस बिक्रीबाट राम्रो आम्दानी


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र नभइ घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन् ।

विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ ।

बसाइँसराइले उजाड बन्दै गएको टाकुरीगाउँ र जैमिनी नगरपालिका–१ को टुनिबोटलगायत क्षेत्रका एक सय २० किसानले सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका उनीहरू घाँस पनि बेच्न थालेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उक्त गाउँलाई घाँसको स्रोत केन्द्रका रूपमा विकास गरेको छ । सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएको सहकारीले अहिले बागलुङ बजार र पोखरामा दूध बेच्दै आएको छ ।

कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद लामिछानेले दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले टाकुरीमा आफ्नै भवनमा सञ्चालित सहकारीका चारवटा सङ्कलन केन्द्र रहेको बताए ।

उनले सहकारीमा आबद्ध किसानलाई घाँसखेतीका निम्ति अभिप्रेरित गरेको जानकारी दिए । उनले भने, ‘एक सय २५ शेयर सदस्यमध्ये एक सय २० जनाले नियमित रूपमा दूध सङ्कलन गर्दै आएका छन्, घाँसमा आधारित पशुपालनका कारण यहाँका किसानले दूधको उत्पादन लागत घटाएर नाफा बढाएका छन् ।’

सहकारीमार्फत किसानले वार्षिक रूपमा दूधमा अनुदानमात्रै पाँच लाख बुझ्दै आएका छन् । चालु आवमा सहकारीमार्फत एक लाख ८२ हजार लिटर दूध बिक्री भइसकेको छ भने किसानले दूधमार्फत एक करोड १८ लाख ३० हजारभन्दा बढी र भित्र्याएका छन् ।

सहकारीले किसानको दूध सङ्कलन गरी थोरै मुनाफा राखेर बजारीकरण गर्दै आएको छ । सहकारीले प्रतिलिटर ६५ मा सङ्कलन गरेर ७५ मा बेच्दै आएको छ ।

बागलुङ बजारमा प्रतिलिटर दूधको मूल्य १२० रुपैयाँ कायम भएको छ । ढुवानी र प्रशोधन खर्च जोडेर सहकारीले दूध बेच्ने गरेको छ ।

बाँदर आतङ्कबाट पीडित यहाँका किसानले अन्नबाली लगाउन छाडेर घाँस लगाउन थालेपछि घाँस पजि बेच्न थालेका टुनिबोटका किसान रुद्रनाथ शर्माले बताए । उनले १० रोपनी जग्गामा बहुवर्षे उन्नत जातको घाँस लगाएको बताए ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अहिले दूधमा उत्पादनका आधारमा अनुदान र घाँसखेती गर्ने किसानलाई क्षेत्रफलका आधारमा अनुदान दिएकाले किसान उत्साहित भएका केन्द्र प्रमुख डा. ऋषिराम सापकोटाले बताए ।

 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ११ : १० बजे

चितवनका दीपक बोहोरा भए स्टम्पिङको शिकार, लुम्बिनीले लियो दोस्रो विकेट

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ

पाकिस्तान र इराकको जेलबाट ५६० अफगानी कैदी जेलमुक्त

एजेन्सी– गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका

दोस्रो बलमै लुम्बिनीले लियो चितवनको पहिलो विकेट

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ

सरकारविरूद्ध पोल लिएर राष्ट्रपतिकहाँ जेन-जीको समूह, सुशीला कार्की असफल भएको जिकिर 

काठमाडौं– जेन-जी समूहका २३ संगठनले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै

अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त

एजेन्सी– युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा