काठमाडौंको नगरसभा स्थगित भएपछि ठूला दलमाथि खनिए मेयर बालेन्द्र | Khabarhub Khabarhub

काठमाडौंको नगरसभा स्थगित भएपछि ठूला दलमाथि खनिए मेयर बालेन्द्र


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ। कार्यपालिका सदस्यहरू हिँडेपछि बैठक स्थगित हुन पुगेको हो ।

कार्यालिका ससदस्यहरू हिँडिदिएपछि मेयर बालेन्द्र साहले फेरि एक पटक सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

नगरसभा स्थगित भएक आक्रोश उनले ठूला राजनीतिक दलका प्रतिनिधहरूमाथि पोख्न भ्याएका छन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि गत जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमबारे छलफल गर्न बोलाइएको नगरसभाको बैठक नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेर हिँडेपछि मेयर साह तनावमा परेका हुन् ।

नगरसभा बैठकअघि मेयर साहले वार्षिक नीति तथा कार्यक्रमबारे बोल्न चाहनेहरूलाई ५ मिनेटभित्र नाम टिपाउन भन्दै समय दिएका थिए।

साहको उक्त निर्णयमा असहमति जनाउँदे एमाले र कांग्रेसका प्रतिनिधिहरूले बैठक बहिष्टकार गरिदिएपछि काठमाडौंको पन्ध्रौँ नगरसभाको दोस्रो बैठक असार १० सम्मलाई स्थगित गरिएको छ ।

विवाद

गत जेठ १२ गते मेयर साहको निर्देशनमा न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ फराकिलो बनाउने भन्दै दुवैतर्फको सडक काटिएको थियो ।

उक्त सडक काटिएको प्रसंगमा वडाध्यक्षहरूले आफूहरूसँग समन्वय नभएको भन्दै आक्रोश पोखेका थिए । मेयर साह र एकजना वडाअध्यक्षबीच यसअघिको बैठकमै भनाभन भएको थियो ।

यस्तोमा साहले न्यूरोडस्थित सडकलाई ‘नो भेइकल जोन’ बनाउने प्रस्ताव नगरसभाबाट पारित गराउन खोजेका थिए । त्यही विषयमा असन्टुष्टि जनाउँदै एमाले र कांग्रेससम्बद्ध केही कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरिदिएका हुन् ।

न्यूरोडको सडकलाई लिएर उनले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि सामाजिक सञ्जालमै आक्रमण गरेका थिए । उक्त सडकको फुटपाथ विस्तार ओलीको निर्देशनमा सडक विभागले रोकेको जिकिर उनकव थियो ।

मेयर साहले एक पटक फेरि प्रमुख दलका नेताहरू केपी शर्मा ओ‌ली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन् ।

उनले तीनजना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको जिकिरसमेत गरेका छन् ।

काठमाडौंको कुनै पनि नीति, योजनाबारे बन्द कोठामा छलफल नहुने तर्कसहित उनले ‘जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने’ जिकिर गरेका छन् ।

‘यस्तै हुन्छ भनेर हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा सहभागीहरू कोही पनि कुनै दलको नेता र उपनेताका रुपमा हुँदैनन् । हरेक निर्णयमा १६० जनाको समान सहभागिता र स्वामित्व रहन्छ’, उनले भनेका छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन ।’

उनले काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन पनि जनप्रतिनिधिहरूलाई भनेका छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १२ : ४० बजे

काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड

काठमाडौं – काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख

बालेनलाई सुनिताको सुझाव : बोल्दा पदीय मर्यादा ख्याल गरौँ, अराजक टिप्पणी राम्रो होइन

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मेयर बालेन साहलाई पदीय

मानो रोपेर मुरी उब्जाउन व्यस्त किसान (तस्बिरहरु)

ललितपुर– यतिबेला किसानहरू खेतमा धान रोप्न व्यस्त छन् ।  मानो

बढ्यो संसद् सचिवालयका कर्मचारीको भत्ता, ७ बुँदे सहमतिसँगै आन्दोलन फिर्ता

काठमाडौं– सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीहरूसँग सात बुँदे सहमति भएको

वैतेश्वर गाउँपालिकाले ल्यायो ५४ करोड १५ लाखको बजेट

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट र