भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु « Khabarhub

भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको गुरुग्रामबाट उत्तराखण्ड घुम्न आएका पर्यटकसँग शनिबार एउटा दुःखद दुर्घटना भएको छ ।

रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट ​​पर्यटक बोकेको एउटा यात्रुवाहक गाडी अनियन्त्रित भई करिब ३०० मिटर तल अलकनंदा नदीको किनारमा खसेको थियो । यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले भने, ‘गुरुग्रामबाट २६ यात्रु बोकेर तुंगानाथ-चोपटा जाँदै गरेको टेम्पो ट्राभलर गाडी शनिबार बिहान ११.३० बजे रुद्रप्रयाग मुख्यालय नजिकै दुर्घटनामा परेको थियो ।’

उनले भने, ‘साँझसम्म घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये ३ जनाको अझै सनाखत हुन सकेको छैन । यो घटना रुद्रप्रयाग जिल्ला सदरमुकामबाट करिब ७ किलोमिटर टाढा रहेको रैतोली नामक ठाउँ नजिक भएको हो ।

गाडी सडकबाट करिब ३०० मिटर गहिरो खाल्डोमा खसेकोले १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जनाको उद्धार गरी जिल्ला अस्पताल रुद्रप्रयागमा भर्ना गरिएको छ ।

अस्पताल पुग्दा चिकित्सकले एक जनालाई मृत घोषणा गरेका थिए । उपचारका क्रममा अर्को एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई हेलिकप्टरबाट उद्धार गरिएको उनले बताए । एम्स ऋषिकेश पुगेपछि थप दुई जनाको मृत्यु भयो।

मुख्यमन्त्री पुष्करसिंह धामी शनिबार साँझ एम्स ऋषिकेश पुगेर त्यहाँ भर्ना भएका घाइते पर्यटकको अवस्थाबारे जानकारी लिएर चिकित्सकसँग जानकारी लिएका थिए । मुख्यमन्त्री धामीले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । मुख्यमन्त्रीले गम्भीर घाइतेलाई रु ४०–४० हजार र सामान्य घाइतेलाई १०–१० हजार रुपैयाँ उपलब्ध गराउन निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : १५ बजे

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्

दूध अभावले सङ्कटमा जिरी चीज उद्योग, दाउरा बटुलेरै बित्छ कर्मचारीको ६ महिना

दोलखा– जिल्लाकै पुरानो जीज उत्पादन केन्द्र जिरीमा चौरीको दूध अभाव

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम