रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा « Khabarhub

रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मस्को– दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार घोषणा गरेको छ।

‘रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरूले दुई जेल कर्मचारीलाई बन्धक बनाएका छन् । बन्धकहरूको रिहाइका लागि वार्ता भइरहेको छ’,  उनीहरूले एक विज्ञप्तिमार्फत जानकारी गराए ।

राज्य समाचार एजेन्सी तासका अनुसार बन्धक बनाउनेहरू आतङ्कवादको आरोपमा अदालतमा उपस्थित बाँकी आइएसका सदस्यहरू मध्येका हुन् ।

जिहादी सङ्गठनले रुस लक्षित थुप्रै आक्रमण गरेको छ।

२२ मार्चमा मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा १४४ जनाको मृत्यु र सयौँभन्दा बढी घाइते भएका थिए । यो आक्रमण दुई दशकमा रुसी भूमिमा भएको सबैभन्दा घातक आक्रमण थियो।

आइएसले आक्रमणको जिम्मेवारी लिएको थियो । त्यसपछि पूर्व सोभियत गणतन्त्र ताजिकिस्तानका चार सन्दिग्ध आक्रमणकारीसहित २० जनाभन्दा बढीलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : ३७ बजे

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका