जब संसद्‍मा कांग्रेस सांसदले दलित समुदायलाई होच्याउने शब्द प्रयोग गरे… « Khabarhub

जब संसद्‍मा कांग्रेस सांसदले दलित समुदायलाई होच्याउने शब्द प्रयोग गरे…


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बोलेको एउटा वाक्यलाई लिएर विरोध भएको छ ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिने क्रममा घिमिरेले कुनै एक जातिलक्षित उखान प्रयोग गरेपछि विरोध भएको हो ।

सरकारले ‘म मरे डुमै राजा’ भन्ने जसरी बजेट विनियोजन गरेको टिप्पणी गरेपछि विरोध भएको हो । सांसद घिमिरेको यस्तो टिप्पणीलाई नकपा एमालेकी सांसद हर्कमाया विश्वकर्माले नियमापत्ति जनाउँदै विरोध प्रकट गरिन् ।

सांसद विश्वकर्माले नियमापत्ति जनाउँदै उक्त शब्दले दलित समुदायलाई अपहेलित गरेको गुनासो गरिन् । उनले त्यसलाई संसद्‍को रेकर्डबाट हटाउन माग गरिन् ।

विश्वकर्माले शब्द फिर्ता लिन माग गरेपछि कांग्रेस सांसद घिमिरेले उखान भन्ने क्रममा प्रयोग भएको शब्द फिर्ता लिएको बताए ।

‘त्यो शब्द फिर्ता लिएँ, उखान भन्ने सिलसिलामा त्यो बोलेको हुँ, फिर्ता लिएँ’, उनले भने ।

घिमिरेले शब्द फिर्ता लिएपछि सभामुखले विश्वकर्मालाई सिटमा बस्न आग्रह गरे। घिमिरेले बोलेको उक्त शब्दलाई संसद्‍को रेकर्डबाट पनि हटाइने भएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : ५९ बजे

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको