सर्वोच्चका वरिष्ठ न्यायाधीश राउत न्यायपरिषद् सदस्यमा नियुक्त « Khabarhub

सर्वोच्चका वरिष्ठ न्यायाधीश राउत न्यायपरिषद् सदस्यमा नियुक्त


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत न्यायपरिषद्को सदस्यमा नियुक्त भएका छन् ।

परिषद् सदस्यसमेत रहेका रहेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराई असार १ मा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि राउतलाई नियुक्त गरिएको हो ।

राउतलाई परिषद् अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार परिषद् सदस्य नियुक्त गरेका हुन् ।

२०७३ साउनमा सर्वोच्चको न्यायाधीशमा नियुक्त राउत प्रधानन्यायाधीश बन्ने दौडमा छन् । प्रधानन्यायाधीश श्रेष्ठले आगामी १९ असोजमा उमेर हदका कारण अनिवार्य अवकाश लिँदैछन् । त्यसपछि प्रधानन्यायाधीश बन्ने करिब निश्चित छ ।

असोजमा नियुक्त भएमा राउत करिब १८ महिना सर्वोच्चको प्रधानन्यायाधीशमा रहनेछन् ।

न्यायाधीश हुनुअघि राउत अधिवक्ता थिए । उनले सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षका रुपमा पनि काम गरेका छन् ।  राउतले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको