सर्वोच्चका वरिष्ठ न्यायाधीश राउत न्यायपरिषद् सदस्यमा नियुक्त « Khabarhub

सर्वोच्चका वरिष्ठ न्यायाधीश राउत न्यायपरिषद् सदस्यमा नियुक्त


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत न्यायपरिषद्को सदस्यमा नियुक्त भएका छन् ।

परिषद् सदस्यसमेत रहेका रहेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराई असार १ मा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि राउतलाई नियुक्त गरिएको हो ।

राउतलाई परिषद् अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार परिषद् सदस्य नियुक्त गरेका हुन् ।

२०७३ साउनमा सर्वोच्चको न्यायाधीशमा नियुक्त राउत प्रधानन्यायाधीश बन्ने दौडमा छन् । प्रधानन्यायाधीश श्रेष्ठले आगामी १९ असोजमा उमेर हदका कारण अनिवार्य अवकाश लिँदैछन् । त्यसपछि प्रधानन्यायाधीश बन्ने करिब निश्चित छ ।

असोजमा नियुक्त भएमा राउत करिब १८ महिना सर्वोच्चको प्रधानन्यायाधीशमा रहनेछन् ।

न्यायाधीश हुनुअघि राउत अधिवक्ता थिए । उनले सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षका रुपमा पनि काम गरेका छन् ।  राउतले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : १९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण