सुदूरपश्चिम प्रदेश:  बजेटले सबै क्षेत्रलाई समेटेको दाबी « Khabarhub

सुदूरपश्चिम प्रदेश:  बजेटले सबै क्षेत्रलाई समेटेको दाबी


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले सबै क्षेत्रलाई समेटेको दाबी गरेको छ । मन्त्रालयले आगामी आवको बजेट विगतका बजेटभन्दा उपयुक्त र सकारात्मक रहेको दाबी गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको अनुमान (बजेट) वक्तव्य सम्बन्धी छलफल गर्न मन्त्रालयले आज धनगढीमा आयोजना पत्रकार सम्मेलनमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले समयको अभावबीच फरक ढङ्गले बजेट ल्याइएको बताए । ‘बजेटमा सबै क्षेत्रलाई समेटिएका छन् । सन्तुलित हिसाबले आवश्यकताका आधारमा बजेट विनियोजन भएकाले विगत वर्षका तुलनामा सकारात्मक छ’, उनले भने, ‘बजेटमा विभिन्न कार्यक्रममार्फत जनजीविकाका विषय समेटेका छौँ ।’

आगामी आवको बजेटमा व्यक्तिगत फर्ममा बजेट नराखिएको मन्त्री पालले बताए । बजेट खर्च कम हुने प्रवृत्तिलाई हटाउन आगामी आवको साउनदेखि नै बजेट कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

मन्त्री पालले शनिबार प्रदेशसभामा रु ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटअनुसार चालुतर्फ रु ११ अर्ब सात करोड १९ लाख, पुँजीगततर्फ रु १७ अर्ब ५३ करोड आठ लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब ९२ करोड ७० लाख विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : १७ बजे

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका