मेलाबाट सञ्चालन भएको आम्दानीले पर्यटन पूर्वाधार निर्माण « Khabarhub

मेलाबाट सञ्चालन भएको आम्दानीले पर्यटन पूर्वाधार निर्माण


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी– ५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् ।

क्लबका अध्यक्ष दिनेश बानियाँले गत तीजका अवसरमा आयोजना गरिएको मेलाको आम्दानी र श्रमदान जुटाएर पर्यटकीय पूर्वाधार बनाइएको बताए । ‘आराम गरेर बस्न मिल्ने फलामको बेञ्च, फुटपाथ, फोहर व्यवस्थापन, चौतारी निर्माण गर्न रु ८० हजार खर्च भएको छ’, उनले भने, ‘मेला सञ्चालन गरेर भएको आम्दानीबाट रङ्ग किनेर उद्यानमा रहेका अग्ला सिसौका रुखलाई रङ्ग्याइएको छ ।’

नगद बाहेक क्लबमा आबद्ध १५ जना युवाले पाँच दिनका दरले श्रमदान गरेका थिए । फोहर व्यवस्थापन गर्ने डष्टविन पनि राखेको छ । बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिममा रहेको चुत्रेनी म्याग्दी नदीको किनारमा अवस्थित छ । जङ्गलभित्र र म्याग्दी नदीको किनारको सो उद्यान विशेष गरेर गर्मी याममा शीतल हुन्छ ।

एकान्त वातावरणमा आनन्द लिन, तनाव व्यवस्थापन गर्न र शीतलताका लागि चुत्रेनीको उद्यान उपयुक्त गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन् । सिङ्गा तातोपानी जाने बेनी–दरबाङ सडकको नजिकै उद्यान रहेको छ । जङ्गलको अग्ला सिसौका रुखलाई रङ लगाएर राम्रो पारिएको छ ।

हिँड्ने फुटपाथमा सडक कालोपत्र गर्न प्रयोग हुने रोडा राखिएको छ । पैदलमार्गको दायाँ र बायाँ ढुङ्गालाई आकर्षक बनाएर ठाडो पारी राखिएको छ । उद्यान भएको ठाउँमा यसअघि टहरा र सार्वजनिक शौचालय बनाइसकिएको थियो । सास्कृतिक कार्यक्रम गर्न पनि उपयुक्त रहेको सो ठाउँमा भेला, बैठक, सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : ४९ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको