धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा दुई जना मात्रै उपस्थित  « Khabarhub

धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा दुई जना मात्रै उपस्थित 


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अन्तरवार्तामा ५ जनामध्ये दुई जना मात्रै उपस्थित भएका छन् । आइतबार अध्यक्ष सिफारिसको लागि बनेको सिफारिस समितिले सर्टलिस्टमा परेकालाई अन्तरवार्ताका लागि बोलाएकोमा ५ जनामध्ये दुई जना मात्रै उपस्थित भएका हुन् ।

आज अन्तरवार्तामा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले मात्रै व्यावसायिक प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिएका दिएका छन् । सर्टलिसटमा परेका अन्य तीन जना अन्तरवार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि उनीहरूलाई बुधबारको मितिमा बोलाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले कार्यालयको काममा हाल काठमाडौं बाहिर रहेको भनी जानकारी गराएको, त्यस्तै धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ सम्पर्कमा नआएकाले उनीहरूको अन्तरवार्ता पुनः बुधबार गरिने भएको हो ।

सरकारले गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

सर्टलिस्टमा परेका मध्ये एक जनाले आफ्नो अन्तरवार्ता अर्को दिनमा सारिदिन आग्रह गरेबमोजिम आज सहभागी नभएका ३ जनालाई बुधबार पुन बोलाइएको हो। बुधबार पनि सहभागिता नभएमा दुई जनाको नाम मात्र अध्यक्षको लागि सिफारिस गरी मन्त्रीपरिषद्मा पठाउने तयारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी शुक्रबार दिउँसोसम्म अध्यक्षको सिफारिसमा परेका उम्मेद्वारहरुको नाम पठाउन निर्देशन दिएका छन् । साथै शुक्रबारै मन्त्रीपरिषद्को बैठकले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।

पाँच महिनादेखि धितोपत्र बोर्ड नेतृत्व विहीन रहेकाले सरकार प्रक्रिया लम्ब्याउने पक्षमा छैन। अध्यक्षको बहालीको लागि विभिन्न व्यावसायिक घरानाबीच द्वन्द्व रहेकोले पनि नियुक्ति प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको थिएन ।

चिरञ्जीवी चापागाईंलाई चन्द्र ढकाल र नवराज अधिकारीलाई उपेन्द्र महतो समूहले बोकेको स्रोतको दाबी छ। सर्टलिस्टमा परेका नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जिवी चापागाईँ तीनै जना माओवादी निकट मानिन्छन् । खबरहबले आज अन्तरवार्ता तथा प्रस्तुतीकरणमा भएको अनुपस्थितिको विषयमा जानकारीका लागि सम्पर्क गर्दा कार्की, श्रेष्ठ र चापागाईँको फोन स्विच अफ भएको पाइएको छ ।

याे पनि…

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’मा

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ५ : २७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा