शान्तिले प्रवासबाट ल्याइन् हाइकु, मुक्तक र गीतसहितको ‘कस्तुरी यात्रा’ « Khabarhub

शान्तिले प्रवासबाट ल्याइन् हाइकु, मुक्तक र गीतसहितको ‘कस्तुरी यात्रा’


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बेलायतलाई कर्मथलो बनाएकी शान्ति लिम्बु खिम्दिङ मातृभूमि नेपालको नोस्टालजियालाई मनमस्तिष्कमा संगालेर डायस्पोरा साहित्यमार्फत आफ्नो परिचय बनाइरहेकी छन् । उनै शान्ति ‘कस्तुरी यात्रा’ गर्दै फेरि एक पटक पाठकमाझ झल्किएकी छन् ।

शनिबार बेलायतको फार्नबोरोस्थित सामुयल कोडीहोममा पाँचथर समाज सेवा युकेको बार्षिक भेलामा नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले लोकार्पण गरे । समारोहमा याक्थुङ लिम्बु परम्पराअनुसार च्याब्रुङ बजाएर केलाङ नाच्दै कस्तुी यात्राको लोकार्पण गरिएको थियो ।

व्यस्त दैनिकीबाट उभ्रिएको समयलाई साहित्य सृजनामा सदुपयोग गर्दै युवा श्रष्टा शान्तिको ‘कस्तुरी यात्रा’ हाइकु, मुक्तक र गीतहरुको संयुक्त संग्रह हो ।

पुख्र्यौली थलो ताप्लेजुङको नाङ्खोल्याङ भएकी उनी झापाको महाभारा र ललितपुरको कसुन्तीमा हुर्किएकी हुन् । बेलायत प्रवासिएपछि करिब दुइदशकयता उनी सक्रिय लेखनमा छिन् । ‘मिलिजुली’ उपन्यासपछि उनको ‘कस्तुरी यात्रा’ दोश्रो कृति हो ।

कस्तुरी यात्रामा समावेश सयवटा हाइकु, ३० वटा मुक्तक र २० वटा गीतलाई उनले आफ्नो मनको गर्भबाट सृजना भएका सन्तान बताइन् ।

लोकार्पणपछि खबरहबसँग भनिन्, ‘प्रत्येक दिन हजारौं नेपाली युवा–युवतीसहित जीवनको मध्यान्हका नेपाली जमात पनि विदेशतिर उड्दै छन् । उता छिमेकी देशका कति मानिस चन्द्रमा हुँदै मङ्गलम्मको यात्रातिर लम्किने प्रयासमा छन् । अनि लाग्छ, हामी एक कस्तुरी यात्रामा छौं । यो पृथ्वी स्वयम्ले पनि आफ्नै तवरले कस्तुरी यात्रा गरिरहेको छ । यस्तै यात्रा नै हो, यो ‘कस्तुरी यात्रा’ ।’

उनले आफैसँग भएको बिनाको सुगन्ध पहिचान गर्न नसकेर भौतारिँदै यात्रामा निस्केका आफुजस्तै मान्छेको समग्र भावना र मनोविज्ञान समेटेर सृजना गरेका हाइकु, मुक्तक र गीतलाई कस्तुरी यात्राको संज्ञा दिएकी छन् ।

ओयाम सरोकार समाज काठमाडौंले प्रकाशन गरेको उनको यो पछिल्लो कृतिको रचनागर्भबारे थपिन्, ‘सानो छँदा उपन्यास, कविता, गीत लेख्छु जस्तो लागेको थिएन ।

न त सृजनाहरुलाई किताबको आकार दिने सोचेकी थिएँ । त्यही भएर पनि मेरा रचना नोटकपीमै सीमित भए । पछिल्लो समय लेखिएका सृजनामार्फत सुन्दर समाज निर्माणमा सानो इँटा थप्ने कदम बन्न सक्छ भनेर कृति पाठकमाझ ल्याएँ ।’

उनले आगामी वर्ष पुर्वेली याक्थुङ लिम्बुको समाज, संस्कृति र परम्पराका लोक विम्ब समेटिएका कविता संग्रह ल्याउने योजना पनि बुनेको सुनाइन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ५ : ३३ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा