वैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन | Khabarhub Khabarhub

वैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीको आइटी आर्मीले वैदेशिक रोजगारीमा जाने युवाहरूसँग बिना रसिद लिएको अवैध रकम फिर्ता गराउन माग गर्दै विशेष प्रदर्शनसहित आन्दोलनको सुरुवात गरेको छ ।

‘ठग मेनपावर र एजेन्टलाई कारबाही गर, बेरोजगारको व्यापार बन्द गर, पीडितलाई न्याय देऊ, अलपत्र परेका नेपालीलाई उद्धार गर !’ जस्ता नारा सहित काठमामाडौंको कालीमाटीबाट निस्केको जुलुस प्रहरीको घेराबन्दी एवं अवरुद्धको कारण सोल्टीमोड़मा समापन भएको थियो ।

वैदेशिक रोजगार पीडितलाई न्याय दिन तत्परता देखाउनुको सट्टा वर्तमान सरकार ठग मेनपावरहरुसँग मिलेर बेरोजगारको व्यापार गर्ने दिशामैं अग्रसर देखिएको भन्दै आइटी आर्मी प्रदर्शनमा उत्रिएको छ ।

आइटी आर्मीले सरकारको यस गलत रवैयाको विरुद्ध संघर्ष एवं भण्डाफोर बिना वैदेशिक रोजगार पीडितहरूले न्याय नपाउने भन्दै तसर्थ पीडितलाई न्याय दिलाउन सुरु भएको यस आन्दोलनमा विशेष सहयोगको अपिल गरेको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ६ : १७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’