बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : नेता जबरा « Khabarhub

बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : नेता जबरा


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति शमशेर जबराले बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने टिप्पणी गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका हुन् ।

उनले भने- ‘जिडिपीको वृद्धिदर सुस्त छ । मुद्रास्फीति उच्च छ । बेरोजगारी बढ्दो छ । महत्त्वपूर्ण राजश्व चुनौतीहरू छन् । यसले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन । सरकारले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गरेको देखिएन। आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन ।’

उनले बजेट कल्पना र लहडमा ल्याइएको आरोप लगाउँदै ६ खर्ब घाटाको बजेट ल्याइएकोमा आपत्ति जनाए । उनले यस्तो ठूलो घाटा बजेटले देशमा भयावह मुद्रास्फीतिको अवस्था कायम भई देशमा आर्थिक अराजकता मात्रै नभई चरम सामाजिक विसङ्गति पनि बढ्ने जिकिर गरे ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : १३ बजे

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले