गङ्गादशहरा पर्वका अवसरमा बेहडाबाबा मन्दिरमा मेला « Khabarhub

गङ्गादशहरा पर्वका अवसरमा बेहडाबाबा मन्दिरमा मेला


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा लाग्ने धार्मिक मेला आजबाट सुरु भएको छ ।

धार्मिक महत्व बोकेको उक्त मन्दिरमा पूजाआजाका लागि विभिन्न स्थानबाट आएका दर्शनार्थीको भीडभाड रहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

गङ्गाशहरा मेलाको दर्शन तथा पूजाआजाका लागि यहाँका स्थानीय मात्र नभई छिमेकी मुलक भारतबाट लाखौँको सङ्ख्यामा भक्तजन तथा दर्शनार्थीहरू यहाँ आएका अध्यक्ष जोशीले बताए ।

बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवम् इच्छाएको कुरा पुग्ने जनआस्थाअनुसार यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

मेलादर्शन तथा पूजाका लागि आउने भक्तजनका लागि मन्दिरका चारै ढोका खुला गरिएका छन् । भक्तजनहरुका लागि महाभण्डारा चलाइनुका साथै निःशुल्क खाना र पानीको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । मेला भर्न १० देखि १५ लाखको दर्शनार्थी यहाँ आउने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : २० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको