भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी « Khabarhub

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

नानिङ – भारी वर्षाका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका २२ नदीमा बाढी आएको क्षेत्रीय जलविज्ञान केन्द्रले आइतबार जनाएको छ ।

गुआङ्सीका २२ नदीमा कूल ३० जलविद्युत् स्टेशनहरूले चेतावनी स्तरभन्दा शून्य दशमलव शून्य तीन मिटर र दुई दशमलव ६३ मिटरको बीचमा पानीको स्तर रहेको केन्द्रले जनाएको छ ।

हेजियाङ नदीको हेझाउ हाइड्रोलोजिक स्टेशनले एक दशकमा सबैभन्दा ठूलो बाढीको रिपोर्ट गरेको छ ।शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म हेची, लिउझाउ, युलिन, हेझाउ र बाइसेलगायत गुआङ्सीका करिब आधा दर्जन प्रान्त–स्तरका सहरमा भारी वर्षा भएको छ ।

हेची सहरको एउटा टाउनशिप र लिउझाउ शहरको अर्को स्थानमा दिनभरि करिब एक सय ४० मिलिमिटर वर्षा भएको थियो । आगामी २४ घण्टामा कतिपय स्थानीय नदीमा पानीको बहाव एक मिटरसम्म बढ्ने पनि केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १० : ५२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया