गोलीकाण्डपछि कानमा पट्टी बाँधेर पार्टी सम्मेलनमा पुगे ट्रम्प « Khabarhub

गोलीकाण्डपछि कानमा पट्टी बाँधेर पार्टी सम्मेलनमा पुगे ट्रम्प


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

आइतबार भएको हमलापछि पहिलो पटक सार्वजनिक रुपमा देखिएका उनको कानमा पट्टी बाँधिएको छ ।

रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका लागि मिलवाऊकी पुगेका ट्रम्प प्रसन्न देखिन्थे ।

उनको दाहिने कानमा ठूलो सेतो रंगको पट्टी देखिएको छ । उनको कानलाई छुँदै गोली निस्किएको थियो ।

पार्टीको सम्मेलनमा उनीसँगै उपराष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार जेडी वेन्स पनि देखिए । पार्टीका सिनेटर बेरन डोनाल्ड्स दाहिनेतिर उभिएका थिए । उनीसँगै बक्समा छोरा एरिक र डोनाल्ड जुनियर पनि थिए । त्यहाँ उनको परिवारका अरु सदस्य पनि देखिए ।

राष्ट्रिय सम्मेलनमा वक्ताहरूले भाषण गर्दै ट्रम्प मुस्कुराएको देखिए । उनी बीच-बीचमा ताली बजाइरहेका थिए । ट्रम्प वेन्स र डोनाल्ड्सतर्फ फर्किएर भाषणमा टिप्पणी गरेको देखिए ।

आइतबार पेन्स्लिभेनियाको बटलरमा रिपब्लिकन पार्टीको चुनावी र्‍यालीमा ट्रम्प भाषण दिइरहेका थिए। त्यही बेला उनलाई निशाना लगाएर एकजना २० वर्षीय युवाले गोली हानेका थिए । गोलीबाट ट्रम्प मुस्किलले जोगिएका थिए ।

गोली उनको दाहिने कानलाई छुँदै निस्किएको थियो । हमलामा संलग्न म्याथ्यु थोमस क्रुक्सलाई पुलिसले तत्कालै गोली हानेर मारिदिएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १२ : १३ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ