अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु  « Khabarhub

अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु 


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानमा सडक दुर्घटना हुँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । 

मंगलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसेको पुष्टि भएको प्रान्तीय प्रहरी प्रवक्ता मावलवी शिर अहमद बुरहानीले बताए ।  

मंगबार बिहान खिन्जान जिल्लामा लापरवाही पूर्वक गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा तीन बालबालिका, दुई महिला तथा १२ जना पुरुष रहेको अधिकारीले बताएका छन् । 

उनीहरूका अनुसार महिला र बालबालिका सहित ३४ जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ । 

जुलाई–४ मा पश्चिमी हेरात प्रान्तमा भएको यस्तै दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य १५ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १२ : ३३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन