अस्ट्रियाका व्यवसायीलाई भारतमा लगानी गर्न मोदीको आह्वान « Khabarhub

अस्ट्रियाका व्यवसायीलाई भारतमा लगानी गर्न मोदीको आह्वान


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रियाका व्यवसायीलाई भारतमा लगानी गर्न आह्वान गरेका छन् । अस्ट्रिया भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका व्यवसायीलाई त्यस्तो आह्वान गरेका हुन् ।

राजधानी भियनामा प्रधानमन्त्री मोदी र अस्ट्रियाका चान्सलर कार्ल नेहम्मरले व्यवसायीलाई संयुक्त सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले दुई मुलुकबीच लगानीका पर्याप्त सम्भावनाहरू रहेको भन्दै भारतमा लगानी गर्न आह्वान गरेका हुन् ।

उनले पछिल्लो समय दुई मुलुकको कम्पनीबीच पूर्वाधार, नवीकरणीय ऊर्जा, नवीन प्रविधि, वित्तीय प्रविधिजस्ता क्षेत्रमा सहकार्य बढिरहेको समेत उल्लेख गरे । 

भारतीय समाचार संस्था एएनआईका अनुसार अस्ट्रियन चान्सलर नेहम्मरले भारतले पूर्वाधारको क्षेत्रमा तीव्र गतिमा विकास गरिरहेको उल्लेख गरेका थिए ।

सो अवसरमा चान्सलरले दुई मुलुकबीच थप आर्थिक सहकार्यको खाँचो औँल्याएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १२ : ३८ बजे

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु