वैवाहिक करणी मुद्दामा गायक ओडले पाए सफाइ « Khabarhub

वैवाहिक करणी मुद्दामा गायक ओडले पाए सफाइ


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक रवि ओडले वैवाहिक जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । श्रीमतीले दायर गरेको मुद्दामा उनले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका हुन् ।

अदालतका न्यायाधीश चाणकमणि अर्यालले आइतबार सो मुद्दामा फैसला सुनाएका हुन् । अदालतको वेबसाइटमा अभियोगको दाबी नपुग्ने उल्लेख गरिएको छ । 

गत चैत ४ गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन् । त्यसबेला उनी कामका दौरान विदेशमा थिए । 

विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १ : ०८ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा