फोहरमैला व्यवस्थापनमा ध्यान दिन महानगरको निर्देशन « Khabarhub

फोहरमैला व्यवस्थापनमा ध्यान दिन महानगरको निर्देशन


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले वर्षायामको समयमा हुनसक्ने डुबानलाई लक्षित गरेर मंगलबारदेखि नै पानीको निकास र फोहरमैला व्यवस्थापनमा सक्रिय रहन सरसफाइकर्मीलाई निर्देशन दिएको छ ।

महानगरका प्रमुख राजेशमान सिंहले वर्षातको समयमा हुनसक्ने डुबानलाई तत्काल निकास दिन तथा फोहर व्यवस्थापनमा कुनै पनि सम्झौता नगर्न ३२ वटै वडाका सफाइकर्मीलाई आज निर्देशन दिएका हुन् ।

‘वर्षात्को समयमा पानी जमेर डुबान हुनसक्ने सम्भावना धेरै रहन्छ । त्यसैले सरसफाइकर्मीले डुबान हुने ठाउँमा सावधानी अपनाउनुहोला’, नगरप्रमुख सिंहले भने, ‘पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा फोहरमैला बढिरहेको छ । यो समस्यालाई जतिसक्दो चाँडो समाधान गर्नुस् ।’ 

महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले महानगरको सरसफाइमा  गुनासो नआउने गरी कार्यसम्पादन गर्न अनुरोध गरेका छन्  ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ३ : २२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति