महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत « Khabarhub

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत

रविलाई उन्मुक्ति दिन खोजेको भन्दै भएको थियो आलोचना


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा. पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले मंगलबार स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदबाट पोखरेलको राजीनामासँगै अब प्रधानमन्त्री केपी शर्मा ओलीले आफूअनुकुलको नियुक्त गर्न सक्ने छन् ।

पोखरेललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको सिफारिसमा २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त गरिएको थियो ।

उनी खासगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पोखराको स्वर्णिम सहकारीको बचत हिनामिनामा नजोडिएको भन्दै पोखरेलले पत्र नै दिएका थिए । त्यसपछि उनी विवादमा तानिए ।

तत्कालीन सत्तारुढ  गठबन्धनको योजनाअनुसार लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी कसुर र सहकारीको बचत ठगी प्रकरणमा उन्मुक्ति दिन खोजेका थिए ।

तर उनको उक्त निर्णयविरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट हालेका थिए । उक्त रिटबारे दुई न्यायाधीशले निर्णय दिन नसकेपछि अब तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले निर्णय लिने छ ।

लामिछानेले दुईवटा नागरिकता लिएको स्वीकार गरे पनि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय पोखरेलले गरेका थिए । तर उनै लामिछाने सहकारीको बचत ठगीमा नमुछिएको आशयको पत्रका कारण पोखरेललाई संकट आएको थियो । उनका दुवै निर्णयविरुद्धका रिट सर्वोच्चमा विचाराधीन छन्।

रवि प्रकरणमा विवादमा मुछिएपछि सर्वोच्च अदालतको न्यायाधीश हुने दीनमणिको योजनामा पनि धक्का लागिसकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : ०२ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म